सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गरेसँगै प्रधानन्यायाधीश निलम्बन

दीपक बने कामु प्रधानन्यायाधीश


सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गरेसँगै प्रधानन्यायाधीश निलम्बन

नेपालगन्ज १ फागुन : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन् । सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन् ।
संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ ।

राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आईतबार बिहान ११ बजेर १० मिनेटमा संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

३ जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन् । पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन् ।

महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय ईजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् ।

तर, प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।