एमाले संसदीय दलको बैठक

ओलीले भने ‘महाभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र हो’

चार न्यायाधीशहरु विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी


ओलीले भने ‘महाभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र हो’

File Photo

नेपालगन्ज २ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग दर्ता भएसंगै यतिबेला नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएकोछ । सत्ता पक्ष र सत्ता विपक्षमा थुप्रै चर्चा र वहसको विषय बनेकोछ ।

यसैक्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणामाथिको अकस्मातको महाभियोग चुनाव नगराउने षडयन्त्र भएको टिप्पणी गरेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन नगराउने यस अघिका प्रयासहरु विफल भए त्यसपछि अर्को अस्त्र प्रहार गरिएको टिप्पणी गरेका हुन् ।

सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाभियोग ल्याएको भए प्रतिपक्षी दलहरुसँग छलफल गर्ने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि स्थानीय तहको निर्वाचन सार्नका लागि सर्वोच्चमा रिट परेको भए पनि त्यो दरपीठ गरेको उल्लेख गर्दै ओलीले सत्ता गठबन्धनले चुनाव सार्नका लागि अर्को तरिका अपनाएको आरोप लगाए ।

यसैबीच, एमालेको जारी बैठकमा एमालेले संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको बुझिएकोछ ।

संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरुमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी हस्ताक्षर संकलन समेत भएको बताइएकोछ ।