अगैया (बाँके) २ फागुन : राप्तीसोनारी गाउँपालिकाले विभिन्न ६ वटा कानून पारित गरेको छ । गाउँपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १० औं गाउँसभाले कृषि तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी, नमुना वन सम्बन्धी, भुमी सम्बन्धी, स्वास्थ्य तथा सरसफाई र सहकारी सम्बन्धी संशोधित ऐन सर्वसम्मत रुपमा पारित भएको हो ।
सभाका सदस्यहरुले ताली बजाएर उक्त कानूनहरु पारित गरेका थिए । सो क्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् १० औं गाउँसभाका सभाध्यक्ष लाहुराम थारुले ६ वटै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे ।
यस्तै गाउँसभाले उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र बजेट संशोधनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।
सभामा गाउँपालिकाका विधायन समितिका संयोजक गंगाराम थारुले प्रस्तुत विधेयकबारे आफ्नो धारणा राखेका थिए ।
यस्तै सभाका सदस्य महाबीर ओली, टिकाराम बस्नेत र धनी ओलीले सम्बोधन गरेका थिए । गत माघ २७ गते १० औं गाउँसभा सुरु भएको थियो । सभाको पहिलो बैठकमा प्रस्ताव गरिएका विधेयकका मस्यौदा अध्ययन गर्नका लागि सभासदहरुलाई समय दिइएको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी