विवादमा तानिएको बैजनाथविरुद्ध गठबन्धनको प्रर्दशन


विवादमा तानिएको बैजनाथविरुद्ध गठबन्धनको प्रर्दशन

बैजनाथ (बाँके) २ फागुनः बैजनाथ गाउँपालिकामा गर्नुपर्ने कामहरु नभएको र आफुअनुकुल मनोमानी तरिकाले स्थानीय सरकारले काम गरिरहेको भन्दै ६ बुदेँ ध्यानाकर्षण पत्र बुझाएको काँग्रसहितको गठबन्ध एक्सनमा उत्रेकोछ ।

बैजनाथ गाउँपालिका विरुद्ध एक्सनमा उत्रेको काँग्रेससहितको गठबन्धनले अव्यवस्थित बसोबास तथा भूमिहिनको लगत संकलन गरेर राष्ट्रिय भूमी आयोगलाई नबुझाएको बिरोधमा सोमबार प्रर्दशन समेत गरेकोछ ।

नेपाली काँग्रेस बैजनाथ गाउँपालिका, नेकपा माओबादी केन्द्रसहित गठबन्धन दलले संयुक्त रुपमा सोमबार बिरोध प्रर्दशन गरेका हुन् ।

गाउँपालिकाको कार्यालय रामपुरमा पुगेर उनीहरुले प्रर्दशन गरेका थिए । गाउँपालिकाले किसान, भुमिहिन, दलित, शिक्षकलाई गुमराहमा पारेर मनपरी काम गरेको उनीहरुको आरोप छ । यसअघि काँग्रेस एक्लैले पनि गाउँपालिकाको गलत क्रियाकलाप विरुद्ध ध्यानाकर्षण पत्र बुझाउँदै खबरदारी गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

अव्यवस्थित बसोबास तथा भूमिहिनको लगत संकलन गरिएको र लगत लिदाँ स्थानीय नागरिकसँग रकम समेत असुल गरिएको, लगत बुझाउन राष्ट्रिय भूमी आयोगले गत असोज ३१ गते र गत कात्तिक ११ गते सूचना जारी गर्दा समेत गाउँपालिकाले सम्बन्धित निकायमा लगत नबुझाएको पाइएको छ ।

यस्तै गत असोजमा वर्षातका कारण बैजनाथमा रहेका किसानको अन्नबालीमा भएको क्षतिका सम्बन्धमा स्थानीय सरकारले स्थलगत लगत लिएर पनि राहतका लागि सम्बन्धित निकायमा लगत नबुझाएको आरोप लगाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा रहेका शिक्षक कर्मचारीको दरबन्दी मिलान, सरुवा लगायतका कार्य गर्दा कार्यविधी निर्माण गरि विधिसम्मत गर्नुपर्नेमा पेशागत संघ संगठनसँग समेत समन्वय नगरी आफु अनुकुल गरेको गाउँपालिकामाथी आरोप छ ।

विकास निर्माणमा र बिद्यालय ब्यवस्थापन समितिका सम्बन्धमा अवधी सकिएकालाई समेत कानून विपरित पुर्वाग्रही ढंगले काम गर्न दिएको र गाउँपालिकाभित्र रहेका किसानका लागि मल, बीउ बिजन सर्वसुलभ तथा सहज रूपमा वितरणका सम्बन्धमा गाउँपालिकाले भुमिका नखेलेको लगायतका आरोप काँग्रेससहितका दलले लगाएका छन् ।

थप समाचार

बैजनाथ गाउँपालिका विवादमा तानियो, काँग्रेसले बुझायो ६ बुदेँ ध्यानाकषर्ण पत्र