नेपालगन्ज ३ फागुन : नेपाली काँग्रेसले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गरेकोछ ।
काँग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन गर्न नसकेका १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको हो ।
नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरिएको हो । फागुन अन्तिम्मसम्म नयाँ तदर्थ समिति बनाउने अधिकार सभापतिलाई दिइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?