काँग्रेसद्वारा नेविसंघसहित १० भातृसंस्थाका केन्द्रीय कार्यसमिति भंग


काँग्रेसद्वारा नेविसंघसहित १० भातृसंस्थाका केन्द्रीय कार्यसमिति भंग

नेपालगन्ज ३ फागुन : नेपाली काँग्रेसले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गरेकोछ ।

काँग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन गर्न नसकेका १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरिएको हो । फागुन अन्तिम्मसम्म नयाँ तदर्थ समिति बनाउने अधिकार सभापतिलाई दिइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।