नेपालगन्ज ४ फागुन : प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएकोछ ।
आज (बुधबार) दिउँसो प्रतिनिधि सभाको बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि शुक्रबारसम्मका लागि स्थिगित गरिएको हो ।
यो संगै अब प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बस्नेछ ।
शुक्रबार दिउँसो १ बजे बस्ने गरी आजको बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बुधबारको बैठक थारु आयोगको प्रतिवेदन पेश र शोक प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकको सुरुवातमै एमालेले अवरोध गरेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही शुरु हुन्छ भने लगत्तै एमालेका सांसदहरुले विरोध र नाराबाजी गर्न सुरु गरेका थिए ।
बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता टेबल गर्ने तयारी भए पनि अन्तिम घडीमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सम्झौता टेबल नगर्ने सहमति बनेको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?