नेपालगन्ज ४ फागुन : नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध खडा गरेको १६२ दिन पुगेकोछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज(बुधबार) पुनः प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि यो अवधि १६२ दिन पुगेको हो ।
गत भदौ २३ गतेदेखि प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध सिर्जना गर्दै आएको एमालेले बुधबार पनि बैठकमा अबरोध गरेपछि शुक्रबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएकोछ ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने वा माधवकुमार नेपाललगायतका १४ जना सांसदको पद खारेज हुनुपर्ने माग राख्दै आएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार शुरु भएको बैठकमा पनि एमालेले नाराबाजीलाई निरन्तरता दिएको थियो ।
सभामुख सापकोटाले दिउँसो सवा १ बजे बैठक शुरु गर्नेबित्तिकै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।
उनीहरुले गैर सांसदहरुलाई निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदमा भेदभावपूर्ण व्यवहार बन्द गर जस्ता नारा लगाए ।
प्रतिनिधि सभाको आजको बैठक तीन जना पूर्वसांसदको शोक प्रस्ताव पारित गरेर सकिएको छ । अर्को बैठक २०७८ फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?