नेपालगन्ज ४ फागुन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित घरबारीटोलमा प्राविधिक विद्यालय निर्माण गरिने भएकोछ । वडा कार्यालयले बुधबार विधिपूर्वक प्राविधिक भवन निर्माणस्थलमा भूमी पूजापाठ समेत गरेकोछ ।
सिग्नेट होटलको पछाडीपट्टि रहेको सरकारी ५ कठ्ठा २ धुर जमिनमा उक्त प्राविधिक विद्यालय निर्माणको थालनि गरिएको हो । वडा कार्यालयको तदारुक्ताले आगामी ५ वर्षभित्र प्राविधिक विद्यालय निर्माण गरि सञ्चालनमा ल्याउने तयारी भएकोछ ।
प्राविधिक विद्यालय निर्माणका लागि गरिएको भूमि पूजाका क्रममा लुम्बिनी प्रदेश सरकारको वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले प्राविधिक धारको विद्यालय निर्माणको सफलताको शुभकामना दिए ।
बाँकेका प्रदेश सभा सदस्य एबम ओलम्पियन तथा घरबारीटोलबासी समेत रहेका मन्त्री हमालले घरबारीटोल खेलकुद र शिक्षाका लागि उर्वर भूमि भएको भन्दै प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सरकारीतर्फ नेपालगन्जमा एउटामात्रै प्राविधिक विद्यालय रहेकोले प्रस्तावित प्राविधिक विद्यालयले नगरको शैक्षिक गुणस्तरतामा समेत सहयोग पुग्ने मन्त्री हमालको भनाईछ ।
नेपालगन्ज वडा नम्बर– २ मा २ वटा मात्रै सरकारी विद्यालय रहेकोछ । घरबारी टोलमा आधारभूत तहको र बागेश्वरीटोलमा प्रावि तहको विद्यालय रहेकोछ । यी दुई विद्यालयलाई मर्ज समेत गर्ने वडा कार्यालयको योजना रहेकोछ ।
वडाअध्यक्ष सुनिल सिंह हमालले भवन निर्माणको सम्पूर्ण कार्य पुरा भइसकेको भन्दै छिटै नै डिपीआर तयार पारेर निर्माण कार्य अघि बढाइने र प्रस्तावित माध्यमिक विद्यालयको भवनलाई निकट भविष्यमा प्राविधिक धारको विद्यालय बनाइने बताए ।
‘डिपीआर बनाएर आगामी वैशाखमा बजेट निकाशा हुन्छ, सोही बेला भवन निर्माणका लागि शिलान्यास गरिनेछ’ वडाअध्यक्ष हमालले थपे–‘संघीय सरकारको बजेटबाट आगामी ५ वर्षभित्र भवन निर्माण गरि सञ्चालनमा ल्याउेछौं । प्राविधि विद्यालय सञ्चालनमा आएसंगै घरबारी टोल र बागेश्वरी टोलको विद्यालयका सबै विधार्थी यही भवनबाट अध्ययन गर्न पाउनेछन् ।’
करिब साढे दुई करोड लागतमा प्राविधिक विद्यालय निर्माण गरिनेछ । वडाअध्यक्ष हमालले प्राविधिक विद्यालय निर्माणस्थल अगाडी आर्कषक ओलम्पिक गेट बनाइनेछ । ‘घरबारीटोल ओलम्पियनको टोल हो, खेलाडीको टोल हो, शैक्षिक क्षेत्रको हब पनि हो त्यसैले ओलम्पिकको रिङ, मस्कटसहितको गेट निर्माण हुन्छ’ उनले थपे ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक ललिता उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमादेवि उपाध्याय, वडासदस्यद्व ध्रुव दाहाल र आशा विष्ट लगायतले सामुहिकरुपमा प्राविधिक भवन निर्माणार्थ भूमि पूजा गरेका थिए ।
सोक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमादेविले भवन निर्माणका लागि वडा, नगरपालिका, स्थानीय राजनितिक दल तथा सहयोगी सम्पूर्णलाई धन्यबाद दिदै सहयोगका लागि आग्रह समेत गरिन् ।
घरबारी टोल स्थित आधारभूत विद्यालयकी प्रध्यानाध्यापक ललिता उपाध्याका अनुसार उक्त विद्यालय २०२० सालमा स्थापना भएको थियो । घनाबस्ती र जमिन अभावमा पठनपाठनमा कठिनाई हुदैँ आएकोमा नयाँ भवनले राहत मिल्ने बताईन । उनका अनुसार कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा २२५ जना विद्यार्थी रहेकाछन् ।
भूमि पुजाको अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सुरेन्द्रनाथ सापकोटा, केशबहादुर हमाल, सिद्धिकुमार महर्जन, समाजसेवी ललितकुमार रौनियार, प्रदीप श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान