एमालेद्वारा आज पनि संसद् अवरोध गर्दै नाराबाजी


एमालेद्वारा आज पनि संसद् अवरोध गर्दै नाराबाजी

नेपालगन्ज ६ फागुन : नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अबरोध गरेकोछ । बैठक शुरु भएलगत्तै नेकपा एमालेले अवरोध शुरु गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् ।

उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायत नारा लगाएका छन् ।

एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत अनुपस्थित हुने गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आफूहरूले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही नगरेको, सभामुखले पक्षपातपूर्ण भूमिका खेलेको एमालेको आरोप छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।