नेपालगन्ज ६ फागुन : नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अबरोध गरेकोछ । बैठक शुरु भएलगत्तै नेकपा एमालेले अवरोध शुरु गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् ।
उनीहरूले ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपात पूर्ण व्यवहार मूर्दावाद’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’ लगायत नारा लगाएका छन् ।
एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत अनुपस्थित हुने गरेको छ ।
आफूहरूले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही नगरेको, सभामुखले पक्षपातपूर्ण भूमिका खेलेको एमालेको आरोप छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?