नेपालगन्ज ७ फागुन : नेपालगन्जको त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुनः स्थापना गरिएकोछ । बाँके स्वतन्त्रबासी समुहको अगुवाईमा राजा त्रिभुवनको अर्धकदको शालिक पुनः राखिएको हो ।
प्रजातन्त्र दिवसका अवसरमा त्रिभुवनको शालिक पुनः स्थापनाका क्रममा राजाबादी तथा राप्रपा समर्थित नेता एबम कार्यकर्ताको ठूलो सहभागितामा राजा त्रिभुवनको अर्धकदको शालिक राख्न सफल भएका हुन् ।
शालिक पुनः स्थापना गर्नेक्रममा उपस्थित सहभागिहरुले ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
२०६२/६३ को आन्दोलनका बेला उग्र बनेको समुहले त्रिभुवन चोकको शालिक तोडफोड गरेका थिए । यसअघि पनि सोही स्थानमा राजा त्रिभुवनको शालिक राख्ने तयारी हुँदा बाँकेको राजनीतिक दल तथा प्रशासनले रोकेको थियो ।
शालिक पुनःस्थापना गर्नेक्रममा बोल्दै राप्रपका सहायक महामन्त्री ऋषीराज देवकोटाले जनताको माग र ईतिहास जोगाउन राजा त्रिभुवनको शालिक पुनः स्थापना गरेको बताए ।
उनले त्रिभुवन चोकमा राखिएको राजा त्रिभुवनको शालिक हटाए यसका विरुद्ध कडा प्रतिकार गर्ने भन्दै बाँके प्रशासनलाई चेतावनी समेत दिए ।

यस्तै सोक्रममा बोल्दै राप्रपाका युवा नेता एवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सफिक बेहनाले लामो संघर्षपश्चात राजा त्रिभुवनको शालिक पुनः स्थापना गर्न पाउँदा खुशी ब्यक्त गरे ।
उनले कुनै पनि बहानामा राजा त्रिभुवनको शालिक हटाउन नदिने र यसका लागि प्रतिकार समेत गर्ने बताए ।
नेपालगन्जका अन्य चोकमा समेत फोडिएका र हटाइएका राजाहरुको शालिक पुनःस्थापना गर्दै जाने बताउँदै यो कार्यमा कसैले अबरोध खडा गरे सहेर नबस्ने र कडा प्रतिकार दिने उनले बताए ।
राजा त्रिभुवनको शालिक पुनःस्थापना गर्नेक्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा उनीहरुले राजा त्रिभुवनको शालिक पुनःस्थापना गरेका हुन् ।
यसअघि पुष २७ गते पृथ्वी जयन्तीका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको अर्धकदको शालिक राखिएको थियो । उक्त बेला नेपालगन्जमा लामो समयदेखि पटक–पटक त्रिभुवन चोक र वीरेन्द्र चोकमा राजाको शालिक स्थापना गर्न नसकेको भन्दै बाँकेका राजाबादी तथा राप्रपामाथि प्रश्न उठाइएको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी