खजुरा ७ फागुन : नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश कार्यसमितिको बैठकले शनिबार विभिन्न उप–समिति गठन गरेको छ ।
बाँके क्षेत्र नम्बर– ३ ‘ख’ प्रदेश कार्यसमितिका सभापति राजेन्द्र आर्चायको अध्यक्षतामा बसेको बैठकले कमल खत्रीलाई प्रवक्ता एवम् प्रचार प्रसार उप–समितिको संयोजक, विवेक प्रताप मल्ललाई संगठन विभाग प्रमुख, राजु यादवलाई युवा विभाग संयोजक, विष्णु गिरीलाई सांस्कृति विभागको संयोजक, मञ्जु मल्ललाई महिला विभाग प्रमुखको रुपमा चयन गरेको छ ।
यसैगरी कार्यसमिति बैठकले खगी श्रीस रानालाई कार्यसमितिको कोषाध्यक्ष, सदस्यहरुमा इन्दिरा खड्का, पार्वती राजवंशी, गोबरे कुमार बर्मालाई नियुक्त गरिएको छ ।
कार्यसमितिको विधान अनुसार कोषाध्यक्ष र पाँच सदस्य पछि कार्यसमितिले मनोनियत गर्ने व्यवस्था छ । जस अनुसार शनिबार बसेको बैठकले सदस्यहरु मनोनित गरेको हो । बाँकी सदस्य आगामी बैठकबाट गरिने अध्यक्ष राजेन्द्र आर्चायले बताए ।
यसैगरी शनिबार खजुरा मानपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले १२ जनाको कार्यसम्पादन टिम निर्माण गरिएको छ ।
शनिबारको बैठकले प्रदेश कार्यसमिति अन्तर्गत खजुरा र जानकी गाउँपालिकाको १२ वडा कार्यसमिति, पालिका स्तरीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम गर्ने समेत निर्णय गरेको अध्यक्ष आर्चायले बताए ।
शनिबार बसेको बैठकमा आमन्त्रित अतिथिका रुपमा बाँके क्षेत्र नम्बर ३ का केन्द्रीय महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाह, उमा थापा, रामेश्वर कँडेल, दुखीराम लोनिया, झुपमाया जिएम, चिनु कुँवर, कृष्ण विके रसाईली, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य छब्बन खाँ, नेपाली काँग्रेस खजुरा गाउँपालिका अध्यक्ष रमेश सिजाली, जानकी गाउँपालिका अध्यक्ष दयाराम यादव लगायतको उपस्थिती रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी