File Photo
नेपालगन्ज ८ फागुन : प्रतिनिधिसभाको बैठक संसद बैठकमा सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा केही बेरअघि शुरु भएको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्न थालेका छन् । उनले एमसीसीसम्बन्धी प्रावधान संशोधन नभइ टेबुल गरिने कुरामा उनले आपत्ति जनाएका छन् ।
सन्धि सम्झौता अघि बढाउँदा संविधानको धारा १७९ मा बाझिएको भन्दै उनले सरकारको यो प्रस्तावमा गम्भीर आपत्ति जनाएका छन् । एमसीसी गुरुङले सम्झौतामा यसलाई टेबल गर्ने र निर्णय लिने कुरा नभएको भन्दै यसमा सहमति जनाउन नसकिने जनाएका हुन् ।
दलहरुबीच राष्ट्रिय सहमति नभइ टेबुल गरिएकोमा उनले असहमति जनाएका छन् । सभामुखले रुलिङ गरेपछि पालना गर्न सकिने बताएका उनले तर पार्टीले गम्भीर असहमति जनाइसकेको पनि बताएका छन् ।
संसद अवरोध भइरहेको अवस्थामा छलफल चलाउने कुरा चुनौतीपूर्ण रहेको उनले बताए । सदन पहिले खुलाएर मात्रै एमसीसीसम्बन्धी छलफल प्रक्रिया अघि बढाउन सकिने बताएका छन् ।
यसैबीच प्रमुख प्रतिपक्षी एमालेले संसदमा नाराबाजी गरिरहेको छ । प्रतिनिधिसभा बैठक शुरु हुनासाथ एमाले सांसद रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।
तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।