नेपालगन्ज ८ फागुन : सडकदेखि सदन तताएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्ततः प्रतिनिधि सभामा टेबल भएकोछ ।
आईतबारको बैठकमा एमसीसी टेबल भएको हो । एमसीसी अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरेका हुन् ।
कार्कीले एमसीसी टेबल गरिरहँदा माओवादी, एकीकृत समाजवादी, नेमकिपा, राजमो लगायतका सांसद्हरु आफ्नो कुर्सीबाट उठेर नाराबाजी गरेका थिए ।
यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बस्ने जानकारी दिएका हुन् ।
आजको बैठकमा सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?