प्रतिनिधि सभामा टेबल भयो एमसीसी, अर्को बैठक फागुन १२ गते


प्रतिनिधि सभामा टेबल भयो एमसीसी, अर्को बैठक फागुन १२ गते

नेपालगन्ज ८ फागुन : सडकदेखि सदन तताएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्ततः प्रतिनिधि सभामा टेबल भएकोछ ।

आईतबारको बैठकमा एमसीसी टेबल भएको हो । एमसीसी अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरेका हुन् ।

कार्कीले एमसीसी टेबल गरिरहँदा माओवादी, एकीकृत समाजवादी, नेमकिपा, राजमो लगायतका सांसद्हरु आफ्नो कुर्सीबाट उठेर नाराबाजी गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बस्ने जानकारी दिएका हुन् ।

आजको बैठकमा सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।