चट्याङ लागेर डडेल्धुरामा बहिनीको मृत्यु, दिदी घाइते


चट्याङ लागेर डडेल्धुरामा बहिनीको मृत्यु, दिदी घाइते

बुधबार आएको हावाहुरीका कारण देखिएको नेपालगन्जका दृष्य: तस्विरः सन्तोस केसीको फेसबुकबाट

नेपालगन्ज: पश्चिम नेपालमा बुधबार हावाहुरीसगैं वर्षा भएकोछ । नेपालगन्जसहित पश्चिम नेपालमा आएको हावाहुरीले केही स्थानमा क्षती पु¥याएको बुझिएकोछ ।
यतिवेला नेपालगन्ज र आसपासको मौसम सफा भएपनि आकाशमा बादल छ । छिटफुट वर्षासंगै चिसो हावा चलिरहेकोछ ।

बुधबार विहान साढे ९ बजे आएको हावाहुरीका कारण बाँकेका केही घरको छाना समेत उडाएकोछ । यद्यपी मानविय क्षती भने नभएको बुझिएकोछ । गर्मीबाट आक्रान्त भएका पश्चिम नेपालका बासिन्दालाई बुधबार विहान भएको हावाहुरी र सामान्य वर्षाले राहत दिएकोछ ।

डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु
यस्तै हावाहुरीका कारण पहाडी तथा केही तराई जिल्लामा चट्याङ समेत परेको छ । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको चट्याङ लागेर ज्यान गएको हो ।

बुधबार बिहान घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । चट्याङ लागेर सोही स्थानका अन्य तीनजना समेत घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएको बुझिएकोछ । मीना मृत्यु हुने संगीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।