नेपालगन्ज ८ फागुन : एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर नारावाजी गर्नेलाई नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले चेतावनी दिएका छन् । एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर नारावाजी गर्नेलाई आफ्नै नेताविरुद्ध पनि नारा लगाउन उनले चेतावनी दिएका हुन् ।
आईतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा उनले यस्तो चेतावनी दिएका हुन् ।
‘सांसद भीम रावलले संसद्मा जसरी एमसीसी राष्ट्रघाती भन्नु भयो, यो एमाले अध्यक्ष केपी शर्मा ओलीको समयमा संसद्मा पेस भएको हो’, थापाले भने, ‘के उहाँ केपी ओली मुर्दावाद भन्नेर संसद्मा नारा लगाउन सक्नुहुन्छ ?’
त्यस्तै, उनले विरोधमा उत्रेका माओवादी नेताहरुले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध र एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष माधव नेपालविरुद्ध यस्तै नारा लगाउन सक्छन् भनी प्रश्न गरे ।
थापाले एमसीसी सम्झौता अब संसद्को अंग भएको र यसको बहस समेत थालनी भएको बताए । ‘संसद्मा अवरोध गरिरहेको नेकपा एमालेले पनि छलफलमा भाग लिएको छ’ उनले भने ‘आगामी दिनमा संशोधन गर्ने वा संकल्प प्रस्ताव पारित गरेर जान सकिन्छ ।’
थापाले अब बस्ने फागुन १२ गतेको संसद् बैठकमा छलफल गरेर मतदानबाटै एमसीसी टुंगो लाग्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले नै पेस गरेको प्रस्ताव आज संसद्मा टेबल भएको थापाले बताए ।
‘आज नेपाल सरकाले जुन प्रस्ताव टेबल गरेको छ । यो नेकपा नेतृत्वको सरकार जसको नेतृत्व केपी ओलीले नेतृत्व गर्नु भएको थियो । उहाँको मन्त्रिपरिषद्ले पारित गरेको प्रस्ताव आज टेबल भयो’, थापाले भने ।
आजको छलफलमा एमाले लगायत सत्ता गठबन्धनका नेताहरुले समेत भाग लिएको भन्दै थापाले खुशी व्यक्त गरे ।
संसद बाहिर भइरहेको छलफल संसद्भित्र प्रवेश गर्नु सुखद् भएको भन्दै थापाले खुशी व्यक्त गरे । ‘एमसीसीको विषय संसद्मा छलफल हुनु पर्नेमा बाहिर भइरहेको छ । अब संसद्भित्रै छलफल हुने छ । त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो’ थापाले भने, ‘अर्को संसद् बैठक अबरोधकाबीच चल्छ । छलफल हुने छ । मतदानबाट एमसीसी टुंगिने छ ।’
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी