काँग्रेस बाँकेको निर्वाचन : फागुन १२ गते उम्मेदवारी दर्ता


काँग्रेस बाँकेको निर्वाचन : फागुन १२ गते उम्मेदवारी दर्ता

File Photo

नेपालगन्ज ९ फागुनः नेपाली काँग्रेस बाँकेको आसन्न निर्वाचनका लागि यही फागुन १२ गते उम्मेदवारी मनोनयन दर्ता हुने भएकोछ । सहायक निर्वाचन अधिकृत अधिवक्ता चित्रबहादुर शाहीले पार्टीका पदाधिकारीसंगको छलफलपछि १२ गते मनोनयन दर्ता गर्ने तय भएको बताए ।

शाहीका अनुसार जिल्ला समन्वय समितिको हलमा निर्वाचन हुनेछ । ११ गते मनोनयनपत्र वितरण गरिनेछ ।

यसअघि जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत (अधिवक्ता) उदयमणी आचार्यको अध्यक्षतामा सोमबार बसेको नेपाली काँग्रेस बाँकेका पदाधिकारी तथा क्षेत्रीय सभापति सहितको बैठकमा सुझाव दिइएको थियो । काँग्रेस बाँकेको निर्वाचन यही फागुन १५ गते हुँदैछ ।

सो बैठकमा जिल्ला निर्वाचनका लागि मतदान केन्द्र जिल्ला समन्वय समितिलाई बनाउनुपर्ने सुझाव आएको छ । फागुन १२ गते उम्मेदवारी दर्ता गरेर एक दिन उम्मेदवारी फिर्ताको समय दिनुपर्ने नेताहरुले सुझाव दिएका थिए ।
निर्वाचन तालिकाको विषयमा सोमबार बसेको जिल्ला निर्वाचन परिचालन समितिको बैठकले उक्त आधिकारिक निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त बैठकमा काँग्रेस बाँकेका सभापति किरण कोइराला, उपसभापति सुनिलनरसिंह राणा र फुलाराम थारु, सचिवद्वय तप्त पौडेल र कपीलदेव शर्मा, कोषाध्यक्ष निजामुद्दिन सिद्धिकी, क्षेत्र नम्बर– १ का सभापति पोषण केसी, क्षेत्र नम्बर– २ का सभापति रमेश गुप्ता, क्षेत्र नम्बर– ३ का सभापति मोहम्मद नक्की खाँ, सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, निर्वाचन परिचालन समिति बाँकेका सदस्य(प्रवक्ता) एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, अधिवक्ता प्रहलाद कार्की र कमलप्रसाद पाण्डेको उपस्थिती रहेको थियो ।