नेपालगन्ज ११ फागुन : नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अन्तरगत बुधबार (आज) दिउँसो २ बजेदेखी ५ बजेसम्म पार्टी कार्यालयमा उम्मेदवारी फाराम वितरण, फागुन १२ गते (भोली) जिल्ला समन्वय समिति बाँकेमा बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।
यस्तै दिउँसो २ः४५ देखी ३ः३० बजेसम्म उम्मेदवारीमाथी संसोधन दावी विरोध, बिहीबार दिउँसो ४ बजे दावी विरोधपछिको उम्मेदवारको संसोधित नामावली प्रकाशन गरिनेछ ।
यसैगरी फागुन १३ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता, सोही दिन बेलुका ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, फागुन १५ गते बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान तोकिएको जिल्ला निर्वाचन अधिकृत उदयमणी आचार्यले जानकारी दिए ।
सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीका अनुसार मतदान लगत्तै मत गणना सुरु गरिनेछ । मतदानका लागि जिल्ला समन्वय समितिलाई केन्द्र तोकिएको शाहीले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?