एमसीसीका विरुद्ध नेपालगन्जको सडकमा टायर बालेर प्रर्दशन


एमसीसीका विरुद्ध नेपालगन्जको सडकमा टायर बालेर प्रर्दशन

नेपालगन्ज १२ फागुन : नेपालगन्जका सडकमा एमसीसी विरुद्ध प्रर्दशन गरिएकोछ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा बिहीबार नेपालगन्जको वीपि चोकमा राप्रपाले टायर बालेर विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रियता रक्षाको निम्ति बाँके राप्रपा र देशभक्त राष्ट्र प्रेमी युवाहरुको उपस्थितिमा नेपालगन्ज वीपि चोकमा टायर बालेर विरोध प्रदर्शन गरिएको राप्रपाका सहायक महामन्त्री ऋिषीराज देवकोटाले जानकारी दिए ।

कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

विरोध र्यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसीसी खारेज गर, राष्ट्रघाती होसियार, हिन्दुराज्य कायम गर लगाएतका नारा सहित वीपि चोकमा प्रदर्शन गरेका थिए ।

सोक्रममा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसीसी स्वीकार्य छैन, संसदबाट पारित गर्न नहुने, फिर्ता गर, अमेरिका मुर्दाबाद देशभक्तहरु एक हुनुपर्नेमा जोड दिएको सहायक महामन्त्री देवकोटाले बताए ।

संसदमा टेबल गर्नुअघिदेखि बाँकेमा राप्रपा, देशभक्त युवा लगायतले एमसीसी विरुद्ध निरन्तर आन्दोलन चर्काइरहेकाछन् ।

यस्तै बाँकेको नेपालगन्ज र कोहलपुर लगायतका क्षेत्रमा माओवादी केन्द्र निकट वाईसिएल, विभिन्न विद्यार्थी संगठन लगायतले एमसीसी विरुद्ध प्रर्दशन गरिरहेकाछन् ।