नेपालगन्ज १२ फागुनः नेपाली काँग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो । केन्द्रमा पार्टीको नेतृत्व गरेको काँग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो ।
चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चामा आए, जसलाई अधिकांश काँग्रेसका प्रतिनिधीले रुचाए । बाँके काँग्रेसलाई चलायमान गराउन आम कार्यकर्ताले उनको आवश्यकता महसुस पनि गरे । अधिकांश कार्यकर्ताको रोजाईमा परेका युवा नेता हुन्, मेघराज ओली । अधिकांश कार्यकर्ताले उनलाई १४ औं अधिवेशनमा काँग्रेस बाँकेको उपसभापति वा सचिवमा आएको देख्न चाहेको कुरा पार्टी कार्यालय, चोक, चौराहा र चिया पसलमा मात्र होइन, सामाजिक सञ्जालमा पनि प्रष्टै देखिन्छ ।
जिल्लाको उपसभापति वा सचिव मध्ये एक पदमा चुनाव लड्नुपर्ने धेरैजसोले उनलाई सुझाव दिए र चुनाव जिताउने अभियानमा साथ दिने प्रतिवद्धता पनि जनाएका थिए । चुनावी संघारमा युवा नेता ओलीको उम्मेदवारीबारे यति सम्म चर्चा भयो कि उनले नेता, कार्यकर्ता र शुभेच्छुक धेरैको मन जित्न सफल भए । कार्यकर्ता र शुभेच्छुकको सुझाव अनुसार नै उनी जिल्ला सचिवमा लड्ने निचोडमा पुगेका थिए, उनलाई देउवा प्यानलबाट उम्मेदवार बनाउने प्रयास भयो ।
पछिल्लो पटक मङ्गलबार बिहानसम्म उक्त प्यानलबाट ओली सचिवको उम्मेदवार बन्ने निश्चित भएको खबर आएपनि सोही दिन बेलुका एक्कासी उनको नाम लिष्टबाट हटाइएको सूचनाले आम काँग्रेस कार्यकर्ता र शुभचिन्तक निराश भए । देउवा प्यानलले बुधबार घोषणा गरेको पदाधिकारी उम्मेदवारमा युवा नेता ओली समेटिएनन् ।
निर्वाचनका लागि उम्मेदवारी छनोट गर्दा देउवा प्यानलका पुराना नेता ओलीलाई नेताहरुले चिन्नै नसकेको र उनको योगदानलाई बिर्सेको आम कार्यकर्ता बताउँछन् । ‘पार्टीभित्र जो इमान्दार र सक्षम छ, उसलाई भित्रबाटै सिध्याउने प्रवृत्तीको पुनरावृत्ति मेघराज ओलीमाथी भयो,’ एक कार्यकर्ताले भने ‘निर्णय प्रक्रियामा रहेका नेताले न्याय नगर्दा पार्टीलाई चाहिने सक्षम ब्यक्ती अवसरबाट बञ्चित भए ।’ राजनीतिमा भविष्य बोकेका आशलाग्दा युवा नेता ओलीलाई बञ्चित गर्दा उनी जति निराश भए, त्यो भन्दा बढी काँग्रेस कार्यकर्ता र उनका शुभेच्छुक बढी दुःखी छन् ।
झण्डै ३० वर्षदेखी देउवा समुहमा
प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवाको विचार समुहमा झण्डै ३० वर्षदेखी उनी आवद्ध छन् । युवा नेता ओली २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हुदै देउवाको विचार समुहबाट काँग्रेसको राजनीतिमा लागेका हुन् । राष्ट्रिय वा स्थानीय राजनीतिका विषयमा होस् या काँग्रेसले अगाडी सारेका कुनैपनि एजेण्डाका विषयमा विपक्षी पार्टीविरुद्ध सामाजिक सञ्जालमार्फत प्रस्तुत हुने र टिप्पणी गर्ने बौद्धिक स्तरका नेता हुन्, ओली ।
कोहलपुरस्थित त्रिभुवन माध्यामिक बिद्यालयबाट नेपाल बिद्यार्थी संघको राजनीतिक यात्रा शुरु गर्दै काँग्रेसको सक्रिय राजनीतिमा आएका उनले जीवनको ‘उर्जावान’ समय राजनीतिमै ब्यथित गरे । उनी सुर्यदय माविमा नेविसंघ क्याम्पस इकाई अध्यक्ष भए ।
नेविसंघ क्षेत्र नम्बर–३ को पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका ओलीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानून संकायमा अध्यन गर्दा आफ्नो संकायमा नेविसंघ कक्षा इकाई संयोजक र नेविसंघ बाँकेको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । १४ वर्षको कलिलो उम्मेरबाट बहुदलिय ब्यवस्थाको पक्षमा वकालत गर्दै देशमा लोकतन्त्र ल्याउनुपर्छ भन्दै २०४६ को संयुक्त जनआन्दोलनमा प्रजातन्त्रको पक्षमा पर्चा, पम्पलेट गर्ने क्रममा प्रहरी चौकी नौवस्ताको हिरासतमा यातना पाएका थिए ।
काँग्रेसको पाँच पटक केन्द्रिय महाधिवेशन प्रतिनिधी भइसकेका उनी काँग्रेस बाँकेका पुर्बसभापति गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र स्वर्गीय डा. अरुण कोइरालाको कार्यसमितिमा सदस्य तथा पार्टी प्रवक्ताको समेत भुमिका निभाउने अवसर प्राप्त गरे । करिव दुई दशक लामो पत्रकारिता (सम्पादक) जीवनको अनुभव लिएका ओली नेपाल प्रेस युनियन बाँकेको पुर्वअध्यक्ष हुन् ।
जिल्ला सदस्य तथा प्रवक्ता हुँदा उनले जिल्ला कार्यसमितिमा निभाएको भुमिकालाई पुर्वसभापति हमाल र श्रेष्ठ अहिले पनि सम्झिन्छन् । ‘मेघराज ओली पार्टीको लागि चाहिने नेता हो, तर अहिले उनीमाथी ठुलो अन्याय भएको छ,’ पुर्वसभापति हमालले भने ‘पार्टीभित्र बढेको ब्याप्त चाकरीवादको परिणाम हो यो, मेघराजले कसैको चाकरी गरेनन् होला, त्यसैले उनलाई बञ्चित गरियो,’ उनले भने ।
आफु सभापति हुँदा ओलीले विवाद रहित रुपले पार्टीको काम गरेको पुर्वसभापति हमाल स्मरण गर्छन् । संस्थापनबाट पदाधिकारीको उम्मेदवार भएका ब्यक्तीको बिरोध आफुले नगरेको तर, प्रक्रियाप्रति असन्तुष्टी रहेको बताए । अर्का पुर्वसभापति कृष्णमान श्रेष्ठले पदाधिकारीमा समेटिनुपर्ने नेता ओली रहेको बताए । ‘मेघराज ओली पार्टीको बुद्धिजिवी नेता हो, पार्टीलाई चाहिने असल मान्छे हो, जिल्लाको पदाधिकारीमा उसलाई ल्याउनुपथ्र्यो, तर खै किन ल्याइएन्, यसमा हामीलाई पनि नमजा लागिरहेको छ,’ उनले भने ।
मेघराजलाई छुट्दा पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा पनि दुःखी छन् । ‘पदाधिकारीको उम्मेदवार बनाउँदा हामी पुर्वसभापतिलाई राखेनन्, पार्टीमा लामो समय काम गरेका ब्यक्ती छुट्नु हुदैन भनेर मैले किशोर जीलाई सम्झाएको पनि थिए, तरपनि मेघराज जस्तो मान्छे कसरी छुट्नु भयो, मलाई दुःख लागेको छ,’ शर्माले भने । पदाधिकारीमै पार्टीमा काम गरेका पुराना युवा नेता भने समेटिएको उनी बताउँछन् ।
‘मेघराज जीलाई जसरी पनि स्थान दिनुपथ्र्यो । पदाधिकारीमा आउन इच्छा राखेको ब्यक्ती, धेरैको सम्पर्कमा भएको ब्यक्ती भएको हुँदा पार्टीलाई चलाउन सक्ने क्षमता मेघराज जी मा छ,’ उनले थपे ।
काँग्रेस बनाउने एउटा सपना
कार्यकर्ताका नजरमा नेता ओली नयाँ जोश ,नयाँ उत्साह, नयाँ सोच, नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ उर्जा, नयाँ योजना सहित हरेक दृस्टिकोणबाट काँग्रेस बाँकेलाई नविन ढंगले निरन्तर अगाडी बढाउने स्पष्ट मार्गचित्र बोक्न सक्ने सम्भावना बोकेका एक निष्ठावान संघर्षशिल युवा हुन् । समकालीन नेपाली राजनीतिमा बैचारिकता आदर्श, सिद्धान्त निष्ठा, इमानदारीता, समर्पण हराइरहेको वर्तमान सन्दर्भबाट बढ्दो राजनीति प्रतिको निराशालाई भरोसामा बदल्न सकारात्मक सोचका साथ अनवरत रूपमा लागेको एक सक्षम, सकृय र सिर्जनशिल युवा पनि हुन्, उनी ।
आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बेला लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेतापनि प्रतिस्पर्धाबाट निस्कने परिणामलाई स्वीकार्न नसक्ने पार्टी भित्रको मनरोगलाई निस्तेज पार्दै त्यसबाट उब्जिएको चरम गुटबन्दीबाट मुक्त बाँके कांग्रेस पार्टीमा अनुशासन, विधिको बोलवाला र संख्यात्मक भन्दा पार्टीमा गुणात्मक कार्यकर्ता उत्पादन गर्न प्रशिक्षण अभियान चलाउनु पर्छ भन्ने नयाँ सोच उनीसँग छ ।
राजनीतिलाई पेशा होईन, निस्वार्थ समाज सेवाका रूपमा लिई जनता अनि देशको सेवा गर्नका निम्ति आफ्नो राजनीतिलाई चलायमान गराउन आय–आर्जनका लागि निजी उद्यमलाई प्राथमिकता दिदै पार्टीको आन्तरिक जीवनमा नेतृत्वका कारण आउने हरेक खाले आलोचनालाई न्यूनिकरण गर्ने, आमकार्यकर्ता अनि देश विकासको लागि सामाजिक न्याय सहितको सुशासन र समुन्नतिका लागि अनवरत लाग्ने संकल्प बोकेको जुझारु नेताका रुपमा आम कार्यकर्ताले नेता ओलीलाई चिन्छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?