प्रतिनिधिसभामा आज एमसीसीमाथि छलफल हुने


प्रतिनिधिसभामा आज एमसीसीमाथि छलफल हुने

नेपालगन्ज १३ फागुन : प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा विहीबार स्थगित गरिएको प्रतिनिधिसभा बैठक आज शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

हिजो बिहीबार बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा काँग्रेस–एमाले तथा एमाले–माओवादीबीच पनि छलफल भएको छ । छलफलबाट काँग्रेस–एमाले नजिकिएका छन् । भने गठबन्धन तोड्ने सम्मका छलफल र तयारी भएकोछ ।