नेपालगन्ज १३ फागुन : प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बिहीबार बस्ने भनिएको प्रतिनिध सभाको बैठक आज बस्दै थियो । तर, आज शुक्रबारका लागि बस्न लागेको प्रतिनिधि सभाको बैठक फेरि स्थगित गरिएको छ ।
कार्य व्यवस्था परामर्श समितिको बैठक नबसेरै आजको संसद् बैठक बस्ने तयारी गरिएको थियो । स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आईतबारका लागि तय गरिएको छ ।
एमसीसीका विषयमा सैद्धान्तिक छलफल पश्चात् साधारण बहुमत वा मत विभाजनमा सहमति जुट्न नसक्दा आजको बैठक स्थगित गरिएको हो ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली काँग्रेस साधारण बहुमतबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने अडानमा छ । सत्ताघटक माओवादी केन्द्र भने एमसीसीलाई मतदानको प्रक्रियामा पु¥याउने पक्षमा छ ।
सैद्धान्तिक छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र त्यसपछि स्वीकृतिका लागि सभामुखले प्रस्ताव राख्ने प्रक्रिया छ । यतिबेला सामान्यतया ध्वनि मतबाट निर्णय लिइन्छ र दफाबारे छलफल हुँदै अनुमोदनको प्रक्रियामा अघि बढ्छ ।
तर, एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रका सांसद्ले सैद्धान्तिक छलफलपछि नै २८ जना सांसदको सहायतामा मत विभाजन माग्ने र एमसीसीलाई बीचमै रोक्ने रणनीति अख्तियार गरेका थिए । सो रणनीति चुहिएपछि बिहीबारको प्रतिनिधि सभा बैठक अन्तिम समयमा सरकारको आग्रहमा स्थगित गरिएको थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?