नेपालगन्ज १३ फागुनः नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यक्रम अन्र्तगत आज उम्मेदवारी दर्ता रहेकोछ । विहान ११ बजेदेखि उम्मेदवारी दर्ता भइरहेको यो कार्य दिउँसो २ः३० बजेसम्म चल्नेछ ।
जिल्ला समन्वय समिति बाँकेको सभाहलमा बिहान ११ बजेबाट मनोनयन (उम्मेदवारी) दर्ता सुरु भएको हो । मनोनयन दर्ताका क्रममा सबैभन्दा पहिले संस्थापन इतर समुहका नारायणप्रसाद गौडेलले सभापति पदमा बिहान ११ः३० बजेतिर उम्मेदवारी दर्ता गराए ।
लगत्तै सभापतिमा देउवा समुहबाट सुरेन्द्रबहादुर हमालले पनि उम्मेदवारी दर्ता गराएका छन् । भने तेस्रो नम्बरमा देउवा समुहबाट सभापति पदका अर्का उम्मेदवार बादशाह कुर्मीले दर्ता गराए । गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन् ।
यस्तै हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसैगरी सभापतिका अर्का उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली समर्थक बसेका छन् ।
यस्तै उम्मेदवारी दर्ताका क्रममा उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य र सुदीपनरसिहं राणाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि सचिवमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिष) र रबिन्द्र हमालले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सह–सचिवमा रेणुसिंह ठाकुर, बिश्वराज लम्साल र पुर्णकुमार सिंह ठकुरी (पुरन) ले अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकृत एवम् अधिवक्ता उदयमणी आचार्यका अनुसार आज (शुक्रबार) दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ ।
यसैगरी दिउँसो ३ः४५ देखी ४ः४५ बजेसम्म उम्मेदवारीमाथी संशोधन दावी विरोध, बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
यस्तै काँग्रेस बाँकेको निर्वाचन कार्यतालिका अनुसार भोली शनिबार (फागुन १४ गते) बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले बताए ।
यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।