नेपालगन्ज १३ फागुनः नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यक्रम अन्र्तगत शुक्रबार ४ जनाले सभापति पदमा उम्मेदवारी दर्ता गराएकाछन् । शुक्रबार विहान ११ बजेदेखि उम्मेदवारी दर्ता शुरु भइ दिउँसो २ः३० बजेसम्म चलेको थियो ।
जिल्ला समन्वय समिति बाँकेको सभाहलमा बिहान ११ बजेबाट मनोनयन (उम्मेदवारी) दर्ता गरिएको थियो । बाँके काँग्रेस सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका क्रममा सबैभन्दा पहिले संस्थापन इतर समुहका नारायणप्रसाद गौडेलले सभापति पदमा बिहान ११ः३० बजेतिर उम्मेदवारी दर्ता गराएका थिए ।
लगत्तै सभापतिमा देउवा समुहबाट सुरेन्द्रबहादुर हमालले पनि उम्मेदवारी दर्ता गराए । भने तेस्रो नम्बरमा देउवा समुहबाट सभापति पदका अर्का उम्मेदवार बादशाह कुर्मीले उम्मेदवारी दर्ता गराए । यस्तै दिउँसो २ः१५ बजे सुनिलनरसिंह हमालले उम्मेदवारी दर्ता गराए ।
गौडेलको प्रस्तावकमा पोषण केसी र समर्थकमा किरण कोइराला रहेका छन् । यस्तै हमालको प्रस्तावकमा नरेन्द्र थापा र समर्थकमा रोशनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसैगरी सभापतिका तेस्रो उम्मेदवार कुर्मीको प्रस्तावकमा मो. नक्की खाँ र ज्ञानबहादुर ओली समर्थक बसेका छन् । भने वर्तमान जिल्ला उपसभापति समेत रहेका राणाको प्रस्तावकमा नवीन कुमार भट्ट र समर्थकमा युवराज शाह बसेका छन् । राणाले सभापतिसहित महासमिती सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका छन् ।
दुई उपसभापति पदका लागि गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदिपनरसिङ राणा र कृष्ण कार्कीले उम्मेदवारी दर्ता गराए । यस्तै दुई सचिव पदमा सुधान्सु कोइराला, टंकप्रसाद काफले (आशिस), रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सह–सचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पुर्णकुमार सिंह ठकुरी (पुरन) र बिनोदकुमार थारुले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सदस्यहरुमा भुगोलतर्फ नेपालगन्ज उपमहानगरपालिकाबाट– १० जना, कोहलपुर नगरपालिकाबाट–६ जना, राप्तीसोनारी गाउँपालिकाबाट –४ जना, नरैनापुर गाउँपालिकाबाट– ४ जना, डुडुवा गाउँपालिकाबाट– २ जना, बैजनाथ गाउँपालिकाबाट– ४ जना, खजुरा गाउँपालिकाबाट– ५ जना, जानकी गाउँपालिकाबाट– ४ जना र समावेश सदस्यमा– २७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै महासमिति सदस्यमा क्षेत्र नम्बर– १ बाट १९ जना, क्षेत्र नम्बर– २ बाट १९ जना र क्षेत्र नम्बर– ३ बाट १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै काँग्रेस बाँकेको निर्वाचन कार्यतालिका अनुसार भोली शनिबार (फागुन १४ गते) बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओलीले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?