बाँके र बर्दियाका मालपोत प्रमुख सहित २८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


बाँके र बर्दियाका मालपोत प्रमुख सहित २८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपालगन्ज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दियाका भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख सहित २८ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको छ ।

बाँके र बर्दिया जिल्लाको भूमि सुधार तथा मालपोत कार्यालयका तत्कालिन प्रमुख–२ जना, मालपोत अधिकृत–४, नायब सुब्बा–६, खरिदार–७, कम्प्युटर अपरेटर–१, कम्प्युटर अपरेटर सहायक(करार)–२, कायालय सहयोगी–२ सहित अन्य ५ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घ बहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्रबहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर के.सी. कम्प्यूटर अपरेटर यज्ञश्वर ओली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरु सुशिल रिजाल, संजयकुमार ठाकुर , कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी रहेकाछन् ।

यस्तै मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसीरानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्य प्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूलहसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवी विरुद्ध मुद्दा दायर गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाण्डौका सहयाक प्रवक्ता मदन कोइरालाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएकोछ ।

आयोगको विज्ञप्तीमा उल्लेख भएअनुसार जिल्ला बाँके खासकारकाँदो वडा नम्बर ७ सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगन्ज नगरपञ्चायत वडा नम्बर ३ को कि.नं.१४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नम्बर ७ ‘क’ को कि.नं. १९१ र वडा नम्बर ९ ‘ख’ को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा प्रतिवादीहरु मध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफुलाइ गैरकानूनी लाभ र नेपाल सरकारलाइ गैर कानूनी हानी पु¥याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरुलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमती र संलग्नतामा बदनियतपूर्ण तवरबाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र गराउने कार्य गरेको कार्य गरेको पुष्टि हुन आएको हुँदा आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी हुने र व्यक्ति विशेषलाइ गैर कानूनी लाभ पु¥याउने कार्यमा संलग्न रहेका भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो । आयोगका सहप्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।