नेपालगन्ज १५ फागुन : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता (एमसीसी) आजै अनुमोदन हुने भएको छ ।
आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अन्मोदन गर्ने निर्णय गरेको हो ।
‘आजैको दोस्रो बैठकले एमसीसी पारित गर्छ,’ बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले भने ।
२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो । तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो ।
तर, सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसीसी अनुमोदन गर्न लागेको हो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?