आजै एमसीसी सम्झौता अनुमोदन गर्ने गठबन्धनको निर्णय


आजै एमसीसी सम्झौता अनुमोदन गर्ने गठबन्धनको निर्णय

नेपालगन्ज १५ फागुन : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता (एमसीसी) आजै अनुमोदन हुने भएको छ ।

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अन्मोदन गर्ने निर्णय गरेको हो ।

‘आजैको दोस्रो बैठकले एमसीसी पारित गर्छ,’ बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले भने ।

२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो । तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

तर, सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसीसी अनुमोदन गर्न लागेको हो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।