नेपालगन्ज १५ फागुन : बलात्कारको जाहेरी परेपछि लुकेर बसेका अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार रहेका थिए ।
आज विहान मात्रै शाहले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइरहँदा आफ्नो कारण फिल्मलाई असर पर्ने डरले प्रहरीको सम्पर्कमा नआएको भन्दै फेसबुकमा लेखेका थिए । शाहले फेसबुकमा लेखेका छन्, ‘नेपालको कानूनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’
पललाई आज नै प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरीले पुष्टि गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएकोछ । यसअघि पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा आफू पक्राउ परे युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिल्ला प्रहरी कार्यालय तनहुँमै पक्राउ दिन चाहेको थिए ।
थप समाचार
अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती