अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’


अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

नेपालगन्ज १५ फागुन : आफूविरुद्ध बलात्कारको जाहेरी परेपछि लुकेर बसेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जालमार्फत प्रहरीसामु आत्मसमर्पण गर्न लागेको बताएका हुन् ।

शाहले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइरहँदा आफ्नो कारण फिल्मलाई असर पर्ने डरले प्रहरीको सम्पर्कमा नआएको उल्लेख गरेका छन् । शाहले फेसबुकमा लेखेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

शाहविरुद्ध केही दिनअघि १७ वर्षीया एक नाबालिग गायिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । तनहुँ प्रहरीमा उनले जाहेरी दिएसँगै प्रहरीले पलको खोजी गरिरहेको थियो । तर, उनी सम्पर्कमा आएका थिएनन् । यसबीच प्रदर्शन भइरहेको उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’का निर्देशक सुदर्शन थापालगायत पल निकट मान्छेसँग पनि प्रहरीले सोधपुछ गरेको थियो । आफ्ना व्यक्तिगत कारणले प्रहरी सामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्।

Kids Festival 2022
kanti aarogya hospital
add

थप समाचार

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी