नेपालगन्ज १५ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल शुरु भएको छ । आईतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । सम्भवत आजको बैठकबाटै एमसीसी अनुमोदन हुनेछ ।
यसकालागि आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।
‘आजैको दोस्रो बैठकले एमसीसी पारित गर्छ,’ बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले भने ।
२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो । तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो ।
तर, सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसीसी अनुमोदन गर्न लागेको हो । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भएपनि ढिलो गरि शुरु भएको हो ।
यसैबीच, एमसीसीका सम्झौताका विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आईतबार झडप भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रदर्शनकारी घरेलु हतियार समेत बोकेर विरोधमा उत्रिएका छन् । सो क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?