३ करोड लागतमा कारकाँदोमा सडक निर्माण गरिदैँ, वडाअध्यक्ष बर्माले शिलान्यास गरे


३ करोड लागतमा कारकाँदोमा सडक निर्माण गरिदैँ, वडाअध्यक्ष बर्माले शिलान्यास गरे

नेपालगन्ज १९ फागुन: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ कारकाँदोमा बिहीबार थप एउटा सडक निर्माणका लागि शिलान्यास गरिएकोछ ।

वडाअध्यक्ष दीपक बर्माले प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि होटल क्लाउडबाट मानव धर्म सेवा आश्रमतर्फ जाने नालासहितको बाटो रासीसी र कालोपत्रेका लागि शिलान्यास गरेका हुन् । गत हप्ता मात्रै वडाअध्यक्ष बर्माले भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा कालोपत्रेका लागि सडक शिलान्यास गरेका थिए ।

सुर्खेत रोडदेखि पश्चिमतिर रहेको मानव धर्म सेवा आश्रम हुँदै दक्षिण सागरमाथा बोर्डिङ स्कुल तथा उत्तर दीपनगर हुँदै कारकाँदो गाउँदेखि बाईपास जोडने सडक आरसीसी नाला सहित कालो पत्रे गरिदैछ ।

अध्यक्ष बर्माका अनुसार यो टोल वडाको धेरै पुरानो टोल भएकाले गुणस्तरीय सडक निर्माणसंग टोलबासीको आवागमन सहज बनाउन ठूलो रकम खर्चिन लागिएको हो । यसका लागि ३ करोड बजेट खर्च हुने वडाअध्यक्ष बर्माले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त सडक निर्माणका लागि आफूले थुप्रै चुनौतीको सामना गर्दै अन्ततः वडाकै पुरानो टोल मध्येको एक सो क्षेत्रमा नालासहितको आरसीसी र कालोपत्रे सडक निर्माणको थालनि भएकोमा वडाअध्यक्ष बर्माले खुसी ब्यक्त गरे ।

उनले भने टोलबासी र वडाका जनताको साथ र सहयोगका कारण आज वडाका पुराना, साँघुरा, जिर्ण भएका सडकको स्तरोन्ती भएकाछन्, नयाँ सडक निर्माण भएकाछन् ।

सो अवसरमा वडाअध्यक्ष बर्माले सो टोलमा थप सडकका लागि पहल भइरहेको बताउँदै वडामा सडक निर्माण, मर्मत कार्यले प्राथमिकतामा राखेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १८मा ३ वटा कालोपत्रे सडक र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइसकेकाछन् । भने २ वटा कालोपत्रे र ३ वटा पीसीसी सडक निर्माणाधिन रहेको छन् । उनका अनुसार बाँकी केही सडक निर्माणको कार्य छिटै शुरु हुनेछ ।