नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतगणना शुरु भएको छ । बिहान सवा ९ बजेदेखि अप्रराह्न ४ बजे सकिएको मतदानमा एक हजार ४ सय ४५ जनाले मतदान गरेका छन् ।
कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्तिथ नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।
कुल ४०० मत गन्दा संस्थापन इतर (शेखर कोइराला) पक्षबाट सभापतिका उम्मेदवार बनेका नारायण गौडेल १४ मतले सुरुवाती अग्रता लिएकाछन् ।
गौडेलले कुल १६३ मत प्राप्त गरेका छन् । भने उनका प्रतिद्वन्दीद्वय बादशाह कुर्मीले १४९ मत र सुरेन्द्र हमालले ८१ मत ल्याएका छन् ।
काँग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।