नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न मतगणना शुरु भएको छ । बिहान सवा ९ बजेदेखि अप्रराह्न ४ बजे सकिएको मतदानमा एक हजार ४ सय ४५ जनाले मतदान गरेका छन् ।
कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्तिथ नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।
कुल ४०० मत गन्दा संस्थापन इतर (शेखर कोइराला) पक्षबाट सभापतिका उम्मेदवार बनेका नारायण गौडेल १४ मतले सुरुवाती अग्रता लिएकाछन् ।
गौडेलले कुल १६३ मत प्राप्त गरेका छन् । भने उनका प्रतिद्वन्दीद्वय बादशाह कुर्मीले १४९ मत र सुरेन्द्र हमालले ८१ मत ल्याएका छन् ।
काँग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?