काँग्रेस नेता गिरीको निर्देशन ‘घर–घर जाउँ, काँग्रेस जिताऔं’

काँग्रेस महामन्त्री गगन बाँके आउँदै


काँग्रेस नेता गिरीको निर्देशन ‘घर–घर जाउँ, काँग्रेस जिताऔं’

नेपालगन्ज २७ फागुन : स्थानीय चुनाव लक्षित नेपाली काँग्रेसको अभियानलाई सफल र सार्थक बनाउन जनताको घर–घर जान नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले निर्देशन दिएकाछन् ।

नेपाली काँग्रेस बाँकेको सभाहलमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य गिरीले यस्तो निर्देशन दिएका हुन् ।

काँग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय चुनाव लक्षित ‘घर–घर जाउँ, काँग्रेस जिताऔं’ एक महिने अभियान गर्दैछ । सोही अभियानलाई सफल र सार्थक बनाउन काँग्रेस केन्द्रिय सदस्य गिरीलाई बाँकेमा खटाइएकोछ ।
बाँकेमा केन्द्रिय प्रतिनिधीका रुपमा खटिएका नेता गिरीले आसन्न निर्वाचनलाई लक्षित गरेर पार्टीले अभियान गाउँ गाउँमा लैजान थालेको बताए ।

नेपाली काँग्रेसले गरेका राम्रा कामको प्रचार उचित रुपमा हुन नसकेको भन्दै यो अभियानका क्रममा जनतालाई बुझाइ देशभर काँग्रेसमय वातावरण सिर्जना गर्न हरेक स्थानीय नेता कार्यकर्तालाई जागरुक भएर लाग्न उनले आह्वान गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त कार्यक्रमा बोल्दै अर्का काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले पार्टीको अभियानलाई गाउँ–गाउँमा पुर्याएर स्थानीय निर्वाचनलाई काँग्रेसमय बनाउन कार्यकर्तालाई आग्रह गरे ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान जिल्ला सभापति किरण कोइराला, पूर्वजिल्ला सभापति एवम् पुर्वमन्त्री गजेन्द्र हमाल, संविधानसभा सदस्य बादशाह कुर्मी लगायतले आफ्ना भनाई राखेको काँग्रेस बाँकेका जिल्ला सचिव सुधान्सु कोइरालाले जानकारी दिए ।

काँग्रेसले यही फागुन ३० गते एकैपटक देशभर स्थानीय चुनाव लक्षित एक महिने अभियान शुरु गर्दैछ । फागुन २९ गते अभियान शुरु हुँदैछ । ७७ वटै जिल्लामा एक–एक जना केन्द्रिय नेता खटिएका छन् । प्रदेश कमिटीले पनि प्रदेश निर्वाचन क्षेत्रका लागि एक एक जना प्रतिनिधि खटाएको छ ।

सोक्रममा प्रदेशबाट बाँकेमा खटाइएका प्रतिनिधिहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, नगर तथा गाउँ सभापतिहरु, भ्रातृ संगठनका प्रतिनिधि लगायत उपस्थित थिए ।

यसैबीच, नेपाली काँग्रेसका महामन्त्री, प्रखर वक्ता एबम पूर्व मन्त्री समेत रहेका गगन कुमार थापा बाँके आउने भएकाछन् ।

नेपाली काँग्रेस प्रतीनिधी सभा क्षेत्र नम्बर–१, प्रदेश सभा क्षेत्र नम्बर–१ (ख) र कोहलपुर नगर कार्यसमितीको कार्यालय उद्घाटन तथा चुनाबी सभालाई सम्बोधन उनी बाँके आउन लागेका हुन् ।

फागुन ३० गते बिहान ११ बजे कोहलपुर नगरपालिका वडा नम्बर–११, गोलपार्कमा कार्यालय उद्घाटन र चुनावी सभा आयोजना गरिएकोछ ।