नेपालगन्ज २८ फागुन : नेपाली काँग्रेस बाँकेका निवर्तमान कार्यसमिति तथा १४ औं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि खटिएका जिल्ला निर्वाचन परिचालन समितिका पदाधिकारीलाई सम्मान गरिएको छ ।
काँग्रेस बाँकेको आयोजनामा शनिबार पार्टी कार्यालयमा एक समारोहका बीच सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् पुर्वमन्त्री दीपक गिरी, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्य, सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, निर्वाचन परिचालन समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरी ज्ञवाली, बीरेन्द्र यादव, अर्जुन ओली, प्रह्लादबहादुर कार्की, प्रकाश लामिछाने, प्रभाकर भट्टराई, पुष्पा शर्मा ज्ञवाली, ऋषिराज शर्मा लगायतलाई टिका र गम्छा ओढाएर सम्मान पत्रसहित सम्मान गरेका हुन् ।
यस्तै काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइराला, निर्वतमान उपसभापति सुनिलनरसिंह राणा र फुलाराम थारु, निर्वतमान सचिव, सहसचिव, कार्यसमिति सदस्य लगायतलाई टिका र गम्छा ओढाएर सम्मान गरिएको हो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?