File Photo
नेपालगन्ज २८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आईतबार नेपालगन्जको त्रिभुवन चोकमा सम्बोधन गर्ने भएकाछन् ।
राप्रपा बाँकेले आईतबार नेपालगन्जको त्रिभुवन चोकमा गर्ने आमसभा पार्टी अध्यक्ष राजेन्द्रले सम्बोधन गर्ने भएका हुन् । शनिवार सुर्खेतको विरेन्द्रनगरमा भएको आमसभालाई सम्बोधन गरेका अध्यक्ष राजेन्द्र आईतबार नेपालगन्जमा हुने सभालाई सम्बोधन गर्दैछन् ।
राजेन्द्र अध्यक्षमा निर्वाचित भएपछि राप्रपाले पार्टीको निति, भावि दिशा र लक्ष्य उद्देश्य जनतालाई प्रष्ट पार्न तथा जनमत बढाउने उद्देश्यले देशका विभिन्न सहरहरुमा आमसभा गरिरहेको छ ।
सोही क्रममा नेपालगन्जमा आमसभा गर्न लागिएको र सो आमसभाको सबै तयारी पुरा गरिएको राप्रपाका सहायक सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।
उनले त्रिभुवन चोकमा आईतबार १२ बजे हुने सभामा अहिलेसम्मको ठूलो संख्यामा जनाको उपस्थिति हुने दावि गरे ।
सो सभालाई अध्यक्ष लिङ्देनका साथै उपाध्यक्ष विक्रम पाण्डे, महासचिव एवम नेपालगन्जका मेयर डाक्टर धवल शम्शेर राणा, महामन्त्री कुन्ती शाही, वरिष्ठ नेताहरु फत्तेहसिंह थारु र प्रेम बहादुर भण्डारी, प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रिय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?