पैसा बाँड्नेलाई भोट नदिनुस्, त्रिभुवनको शालिक भत्काए अरु नेताहरुको शालिक नरहने
File Photo
नेपालगन्ज २९ फागुन : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ‘दिनगन्ती’ शुरु भइसकेकोछ ।
निर्वाचनको मिति नजिकिदै जाँदा दुई/दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका डाक्टर धवल शम्सेर राणाले अब मेयरमा नलड्ने उद्घोष गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका मेयर राणाले आईतबार नेपालगन्जमा आयोजित आम सभालाई सम्बोधन गर्दै अब मेयर नलड्ने उद्घोष गरेका हुन् ।
राप्रपा बाँकेको आयोजनामा आयोजित आम सभालाई सम्बोधन गर्दै मेयर डा. राणाले आफू दुई/दुई पटक मेयर भइसकेकाले अब संघमा जाने बताए ।
‘२०५४ र २०७४ सालमा मेयर भएँ । यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके, मेयर डा. राणाले भने, मेयर हुँदा नेपालगन्जको धेरै काम गरिसके । अब संघमा गएर देशको विकास गर्छु,’ उनले भने ।
मेयर राणाले आफूले चुनावमा पैसा नदिने र जितेपछि पैसा लिएर काम नगर्ने बताए । उनले जनतालाई पापको पैसा नलिन र पैसा बाँड्ने दललाई भोट पनि नदिन आग्रह गरे ।
मेयर राणाले नेपालगन्जको त्रिभुवनचोकमा राजाको शालिक पुनः ठड्याएको र त्यसलाई भत्काएमा नगरमा रहेका अरु नेताहरुको शालिक बाँकी नरहने चेतावनी दिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’