निर्वाचनको मुखमा धवलको उद्घोषः ‘मेयरमा अब लड्दैन’

पैसा बाँड्नेलाई भोट नदिनुस्, त्रिभुवनको शालिक भत्काए अरु नेताहरुको शालिक नरहने


निर्वाचनको मुखमा धवलको उद्घोषः ‘मेयरमा अब लड्दैन’

File Photo

नेपालगन्ज २९ फागुन : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको ‘दिनगन्ती’ शुरु भइसकेकोछ ।

निर्वाचनको मिति नजिकिदै जाँदा दुई/दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर बनेका डाक्टर धवल शम्सेर राणाले अब मेयरमा नलड्ने उद्घोष गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका मेयर राणाले आईतबार नेपालगन्जमा आयोजित आम सभालाई सम्बोधन गर्दै अब मेयर नलड्ने उद्घोष गरेका हुन् ।

राप्रपा बाँकेको आयोजनामा आयोजित आम सभालाई सम्बोधन गर्दै मेयर डा. राणाले आफू दुई/दुई पटक मेयर भइसकेकाले अब संघमा जाने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

‘२०५४ र २०७४ सालमा मेयर भएँ । यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके, मेयर डा. राणाले भने, मेयर हुँदा नेपालगन्जको धेरै काम गरिसके । अब संघमा गएर देशको विकास गर्छु,’ उनले भने ।

मेयर राणाले आफूले चुनावमा पैसा नदिने र जितेपछि पैसा लिएर काम नगर्ने बताए । उनले जनतालाई पापको पैसा नलिन र पैसा बाँड्ने दललाई भोट पनि नदिन आग्रह गरे ।

मेयर राणाले नेपालगन्जको त्रिभुवनचोकमा राजाको शालिक पुनः ठड्याएको र त्यसलाई भत्काएमा नगरमा रहेका अरु नेताहरुको शालिक बाँकी नरहने चेतावनी दिए ।