आमासँग उपाध्यक्ष कार्यक्रम : राप्तीसोनारीका सुत्केरीलाई पोषण सामाग्री वितरण


आमासँग उपाध्यक्ष कार्यक्रम : राप्तीसोनारीका सुत्केरीलाई पोषण सामाग्री वितरण

बाँके (राप्ती सोनारी) : ‘आमासँग उपाध्यक्ष कार्यक्रम’ अन्तरगत राप्ती सोनारीका सुत्केरीलाई पोषण सामाग्री वितरण कार्य शुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको सहयोगमा समृद्धिका लागि सञ्चार नेपाल राप्तीसोनारी- २ अगैया, बाँकेले आईतबारबाट उक्त सामाग्री वितरण शुरु गरेको हो ।

पहिलो दिन वडा नम्बर–१ र वडा नम्बर–३ का ८० जना सुत्केरीलाई सामाग्री वितरण गरियो । सुत्केरीलाई अण्डा, हर्लिक्स, फलफुल, किटनाशक झुल, स्यानिटरी प्याड, नुहाउने र लुगाधुने साबुन, ब्रस, मञ्जन लगायत सामाग्री वितरण गरिएको हो । उक्त कार्यक्रम अन्तरगत तीन महिना भित्रका सुत्केरीलाई सामाग्री वितरण गरिएको संस्थाका कोषाध्यक्ष बिमला चौधरीले जानकारी दिइन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ स्थित स्वास्थ्य चौकी कुसुममा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष एवम् विशिष्ट अतिथी धनीकुमारी खत्री, वडा नम्बर–१ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, वडा सदस्य टिकाराम बस्नेत, नेपाली काँग्रेस राप्तीसोनारी–१ का सभापति मोहनराज डाँगी, रेडक्रस बाँकेका उपमन्त्री तेजबहादुर सुवेदी, रेडक्रस उपशाखा कुसुमका सभापति भिमार्जुन देवकोटा लगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीले सुत्केरीलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष विमला चौधरीले ब्यक्त गरेकी थिइन्, भने कार्यक्रम सञ्चालन सचिव चित्रबहादुर केसीले गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच राप्ती सोनारी गाउँपालिका वडा नम्बर–३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवानीयापुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सम्बोधन गरेका थिए ।

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीले ब्यक्त गरेका थिए ।

प्रमुख अतिथी थारु, सभापतित्व ग्रहण गरेकी उपाध्यक्ष खत्री, अतिथीले सुत्केरीलाई सामाग्री हस्तान्तरण गरेका थिए । राप्ती सोनारी भरीका ५ सय जना सुत्केरीलाई वितरण गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।