नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालगन्जका मेयर समेत रहेका राप्रपा महामन्त्री राणाबीच भएको भेटवार्ता । तस्विर: मेयर राणाको फेसबुकबाट
नेपालगन्ज १८ चैत्र : कर्णाली प्रदेशका विभिन्न जिल्लामा भएको कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणाबीच भेटवार्ता भएकोछ ।
नेपालगन्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डाक्टर राणाबीचको यो भेटवार्ताले नेपाली राजनीतिमा गरमागर्र्मी बढेकोछ ।
ओली र राणाबीच भएको भेटवार्तालाई आगामी निर्वाचन लक्षित गठबन्धन बनाउन थालिएको हो भन्ने चर्चा समेत गरिन थालेकोछ । स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ ।
यता मेयर राणाले समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको समेत बताएकाछन् । राणाले देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको बताए ।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ मेयर राणाले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’
राणाले काँग्रेससमेत सत्ता घटकसँग गठबन्धन गर्ने पक्षमा गएकाले हामीले पनि गठबन्धन गरेर अघि बढ्न बाधात्मक परिस्थिती सिर्जना भएको बताए । ‘ओलीजी छलफलमा सकारात्मक हुनुहुन्छ । साथीहरुसंग छलफल गर्छु भन्नु भएकोछ । मैले पनि पार्टीमा कुरा राख्छु भनेकोछु ।’
नेपालगन्ज उपमहानगरपालिकाको दुई पटक मेयर जितिसकेका डाक्टर राणा अब मेयरमा नउठ्ने घोषणा गरिसकेकाछन् । उनी अब संघमा चुनाव लड्ने र केन्द्रिय राजनीति गर्ने भन्दै सहयोग गर्न आम मतदातालाई समेत आग्रह गरिरहेकाछन् । त्यही अनुरुप चुनावी रणनीतिमा खटिरहेकाछन् ।
डाक्टर राणाले नेपालगन्जको मेयरको मैदान छाडेपछि अन्य राजनीतिक दललाई सहज भएकोछ । डाक्टर राणा विनाको नेपालगन्जको मेयरको चुनावी मैदानमा नेपाली काँग्रेस बलियो सावित भएकोछ । भने काँग्रेसलाई पछिपछि एमालेले पछ्याइरहेकोछ । यद्यपी गठबन्धनपछिको अवस्थाले मात्र नेपालगन्जको मेयरमा कसले बाजी मार्छ भन्ने निक्र्यौल हुन्छ ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’