बाँकेका करीब डेढ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने


बाँकेका करीब डेढ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

नेपालगन्ज १८ चैत्र : बाँकेमा आगामी चैत्र २३ देखि २८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइदैँछ ।

सरकारले राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गरेपछि बाँकेसहित देशभर टाइफाइड विरुद्धको खोप लगाइन लागेको हो ।

योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुगेकोछ छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाउने तयारी गरिएकोछ । बाँकेमा यो उमेर समूहमा एक लाख ४८ हजार ९ सय ३३ जना बालबालिका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

खोप अभियान अन्र्तगत १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिका स्कुलमा हुने भएकाले स्कुललाई खोप केन्द्रको रूपमा विकास गरेर अघि बढिएको फोकल पर्शन श्रेष्ठले बताए ।

फोकलपर्सन श्रेष्ठका अनुसार दुई सयभन्दा बढी विद्यार्थी भएको स्कुललाई खोप केन्द्र तोकिएकोछ । त्यसभन्दा कम विद्यार्थी भएको विद्यालयलाई नजिकको विद्यालयसँग जोडिनेछ । यसका लागि जिल्लामा २ सय ६४ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

खोपले टाइफाइडको किटाणु मार्ने र शरीरमा शक्ति उत्पादन गर्ने विशेषज्ञको भनाइछ । टाइफाइड पनि जनस्वास्थ्य समस्याको रूपमा रहेको छ ।

नेपालमा अझैपनि टाइफाइड रोगको उच्च संक्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ ।

यो खोप शुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने सरकारले जनाएकोछ ।