खजुराका २१ हजार ८४ बालबालिकालाई टाइफाइड विरुद्ध खोप दिइने


खजुराका २१ हजार ८४ बालबालिकालाई टाइफाइड विरुद्ध खोप दिइने

खजुरा(बाँके) १८ चैत्र : बाँकेको खजुरा गाउँपालिकाले टाइफाइड रोग विरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात गर्ने भएको छ । यही चैत २५ देखि २९ गतेसम्म खजुराका विद्यालय र स्वास्थ्य केन्द्रमा खोप संचालन गरिनेछ ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखाले अभियानबारे शुक्रबार पालिकास्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने जनाएको हो ।

स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले २१ हजार ८४ बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको बताए । जस अन्तरगत विद्यालयका १४ हजार ९३, विद्यालय बाहिर ४ हजार ९६७ र १ हजार १८५ जना विद्यालय जाने उमेर नपुगेका बालबालिकालाई खोप दिने लक्ष्य रहेकोे स्वास्थ्य प्रमुख पौडेलले जानकारी दिए ।

राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकालले अभियानबारे जानकारी दिदै नियमित खोपमा अब टाइफाइडविरुद्धको खोप र कोरोना विरुद्धको खोप राखिएको भन्दै टाइफाइड विरुद्धको खोपको डोज एक मात्र हुने र १४ दिनसम्म अर्को खोप लगाउन नहुने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

टिसिभी खोप बारे आयोजित कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख बमबहादुर केसी, वडा नम्बर– ३ का वडाध्यक्ष कान्तुराम गौतम, ५ का अध्यक्ष देबेन्द्रमान श्रेष्ठ, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्णप्रासाद आचार्य लगायतले सचेतनासहित खोप दिनु सराहनीय कार्य भएको बताए ।