नेपालगन्ज २४ चैत्र : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्सेनि वायु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ ।
नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको र देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढावा दिने गरेको मन्त्रालयको भनाइ छ ।
प्रत्येक वर्ष हामीले रोक्न सकिने वातावरणीय असरका कारण संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु वातावरणीय प्रभावका कारणले हुने गरेको हो ।
विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा विश्वमा हरेक वर्ष दशमध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्ने र ७० लाख मानिसको ज्यान प्रदूषित हावामा श्वास फेर्नाले जाने गरेको उल्लेख छ ।
त्यस्तै विश्वमा दुई अर्ब मानिसले मात्र सुरक्षित पानी पिउने गरेकोमा साँढे तीन अर्बभन्दा बढी मानिस सुरक्षित सरसफाईको अभावमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार नागरिकको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।
मन्त्रालयले जलवायू परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न पहलहरु भइरहेको जनाएको छ । राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ ।
सरकारले हालै सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको थियो ।
नेपालले पेन्टमा हुने सिसाको मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागू गरिे कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको सरकारले जनाएको छ । मर्करीको प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालले सन २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकालाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्षभित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।
स्वास्थ्य सेवा संस्थाहरुमा स्वच्छ पानी र सरसफाईमा पहुँच सुनिश्चिता गर्न आवश्यक सेवामा लगानी बढाउन जरुरी रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिबद्धता अनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रासायनिक सुरक्षा, सरसफाइ जस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ । यस वर्ष सरकारले नेपालमा वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ २४ चैतमा विश्व स्वास्थ्य दिवस मनाउँदैछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी