नेपालगन्ज २८ चैत्र : पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ३ हजार ९७२ पीसीआर र एक हजार १७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४६ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ७४ जना पुगेको छ ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन । देशभर हाल ५६८ जना संक्रिय संक्रमित छन् ।