नेपालगन्ज ५ बैशाख : नेकपा एमाले बाँकेले राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तुलसीराम थारुलाई टिकट दिने भएकोछ ।
राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तुलसीरामलाई टिकट दिने एमाले जिल्ला कमिटी स्रोतले बतायो ।
यसअघि बाँकेका ८ पालिका मध्ये पाँच पालिकाको प्रमुखका लागि एमालेले उम्मेदवारको अन्तिम नाम अघि सारिसकेको छ ।
एमालेले नेपालगन्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्र, खजुरा गाउँपालिकामा सुमन मल्ल, नरैनापुर गाउँपालिकामा पदमावती यादव, डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र जानकी गाउँपालिकामा हिमांशु यादवलाई उम्मेदवार बनाएको छ ।
राप्तीसोनारीमा तुलसीरामले उम्मेदवारी पाउने भएसंगै अब २ वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेकोछ । जसमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेकोछ ।
थप समाचार
एमालेले तोक्यो बाँकेको ८ पालिका मध्ये पाँच पालिकामा उम्मेदवार