महिला कलेजको उद्घाटन्, सम्बन्धन प्रदान गर्नेमा पीयू सकारात्मक

कलेज उद्घाटनमा त्रुटी


महिला कलेजको उद्घाटन्, सम्बन्धन प्रदान गर्नेमा पीयू सकारात्मक

नेपालगन्ज ७ बैशाखः बहुप्रतिक्षित नेपालगन्जको महिला कलेजको बुधबार उद्घाटन गरिएकोछ । नेपालगन्जको मंगलप्रसाद विद्यालय प्राङ्गणमा रहेको मंगलप्रसाद महिला कलेजको आज (बुधवार) एक कार्यक्रमकावीच उद्घाटन गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको विशेष पहलमा महिला कलेज स्थापना भएको हो । नेपालगनज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले महिला कलेज आत्मनिर्भर नहुँदासम्म नगरपालिकाकाबाट सहयोग भइरहने बताए ।

मेयर डाक्टर राणाले भने–‘मेयरमा निर्वाचित हुदाँ मैले देखेको सपना आज साकार भएकोछ । नेपालगन्जमा गल्र्स स्कुल र महिला कलेज निर्माणमा उपमहानगर अग्रसर थियो आज दुवै सपना पुरा भयो ।’ उनले अगाडी थपे–‘गल्स स्कुल र महिला कलेज स्थापना हुनुले नेपालगन्जको अर्को परिचय थपिएकोछ । यसलाई संस्थागत गर्न सबैले जिम्मेवार हुनुपर्छ ।’

विशेषगरि नेपालगन्जका मधेशी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको छ । मंगल प्रसाद उमाविको १२ कठ्ठा जमिन लिजमा लिएर साढे ५ करोड लागतमा ४० कोठे तीन तले भवन बनाइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कलेजको उद्घाटनज पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राचार्य डाक्टर यादवराज कोइरालाले गरेका थिए । उनले मधेसी, मुस्लिम छात्राले आफ्नै ठाउँमा उच्च शिक्षा पढ्ने सुविधा अब पाउनेमा ढुक्क रहेको बताए ।
कलेज उद्घाटनमा बोल्दै प्रदेश सांसद आइपी खरेलले महिला कलेजलाई नगरपालिकाको मात्र नभएर जिल्लाबासीले नै अपनत्व लिनुपर्ने धारणा राखे ।

महिला कलेजका प्रमुख रविन्द्र कर्णका अनुसार कलेज उद्घाटनसंगै छिटैनै अध्यायपन शुरु गरिने बताए । गत चैत्र ३० गते पूर्वाञ्चल विश्व विद्यालयसंग सम्बन्धनका लागि पहल शुरु गरिसकेको भन्दै छिटै नै महिला कलेजमा ब्यवस्थापन संकायमा बीबीएस र बीबीए, शिक्षा संकायमा बीएड, कानून संकायमा ५ वर्षे बीए एलएलबी र विज्ञान संकायमा बीसीए र बीआइटी अध्यापन गराइने उनले बताए ।

महिला कलेज सञ्चालनले सिंगो बाँकेका महिलाका लागि उच्च शिक्षा अध्ययनका लागि उपयुक्त हुने कलेजका प्रमुख कर्णको भनाईछ । यसअघि महिला कलेज नभएकै कारण नेपालगन्ज लगायत आसपासका विशेष गरि मधेशी र मुस्लिम समुदायका महिलाहरु छिमेकी देश भारतको रुपैडिहामा रहेको कन्या कलेजमा अध्ययन गर्न जाने गरेका थिए । सो परिपाटि यो कलेजले ताड्ने उनको विश्वास रहेकोछ ।

महिला कलेजको उद्घाटन गर्न आएका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर यादवराज कोइरालाले सम्बन्धन दिन आफू सकारात्मक भएको टिप्पणी गरेका थिए ।

उनले केही दिनमा विश्वविद्यालयबाट सर्वेक्षण टोली कलेजमा आएर स्थलगत निरीक्षण गर्ने र सोको प्रतिवेदन अनुरुप सम्बन्धन दिने उनले बताए । यद्यपी कलेज उद्घाटनको प्रमुख अतिथी स्वयम प्राचार्य डाक्टर कोइराला भएकाले सम्बन्धन प्राप्त हुनेमा शंका नरहेको बताइएकोछ ।

कलेज उद्घाटनमा त्रुटी पाइयो

मंगल प्रसाद महिला कलेजको उद्घाटन हतार गरेको पाइएकोछ । महिला कलेजको औपचारिक उद्घाटन भएपनि कलेजले हालसम्म सम्बन्धन पाइसकेको छैन ।

कलेज उद्घाटनका क्रममा राखिएको शिलालेखमा त्रुटी पाइएकोछ । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपतिले उद्घाटन गरेको कलेजको शिलालेखमा उपकुलपति लेखिनुपर्नेमा कुलपति लेखिएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारीको नयाँ नामवली राखिएन । पुरानै कर्मचारीको नाम राखिएकोछ । हाल नेपालगन्जको प्रशासकीय अधिकृत जगत बस्नेत रहेका छन्, तर शिलालेखमा हिरालाल रेग्मीको नाम राखिएको रेग्मी पछि नेपालगन्जमा गुरुप्रसाद सुवेदी हुँदै अहिले जगत बस्नेत छन् । तर, उपमहानगरपालिकाको प्रशासकीय अधिकृतको नाममा बस्नेतको नाम नभएर रेग्मीको नाम राखिएको थियो । उद्घाटन कार्यक्रममा अहिलेका प्रशासकीय अधिकृत बस्नेत अतिथि थिए ।

थप समाचार

तयार भयो ‘महिला कलेज’, बुधवार उद्घाटन हुने