कलेज उद्घाटनमा त्रुटी
नेपालगन्ज ७ बैशाखः बहुप्रतिक्षित नेपालगन्जको महिला कलेजको बुधबार उद्घाटन गरिएकोछ । नेपालगन्जको मंगलप्रसाद विद्यालय प्राङ्गणमा रहेको मंगलप्रसाद महिला कलेजको आज (बुधवार) एक कार्यक्रमकावीच उद्घाटन गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको विशेष पहलमा महिला कलेज स्थापना भएको हो । नेपालगनज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले महिला कलेज आत्मनिर्भर नहुँदासम्म नगरपालिकाकाबाट सहयोग भइरहने बताए ।
मेयर डाक्टर राणाले भने–‘मेयरमा निर्वाचित हुदाँ मैले देखेको सपना आज साकार भएकोछ । नेपालगन्जमा गल्र्स स्कुल र महिला कलेज निर्माणमा उपमहानगर अग्रसर थियो आज दुवै सपना पुरा भयो ।’ उनले अगाडी थपे–‘गल्स स्कुल र महिला कलेज स्थापना हुनुले नेपालगन्जको अर्को परिचय थपिएकोछ । यसलाई संस्थागत गर्न सबैले जिम्मेवार हुनुपर्छ ।’
विशेषगरि नेपालगन्जका मधेशी र मुस्लिम छात्रालाई लक्षित गरेर महिला कलेज बनाइएको छ । मंगल प्रसाद उमाविको १२ कठ्ठा जमिन लिजमा लिएर साढे ५ करोड लागतमा ४० कोठे तीन तले भवन बनाइएको हो ।
कलेजको उद्घाटनज पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राचार्य डाक्टर यादवराज कोइरालाले गरेका थिए । उनले मधेसी, मुस्लिम छात्राले आफ्नै ठाउँमा उच्च शिक्षा पढ्ने सुविधा अब पाउनेमा ढुक्क रहेको बताए ।
कलेज उद्घाटनमा बोल्दै प्रदेश सांसद आइपी खरेलले महिला कलेजलाई नगरपालिकाको मात्र नभएर जिल्लाबासीले नै अपनत्व लिनुपर्ने धारणा राखे ।

महिला कलेजका प्रमुख रविन्द्र कर्णका अनुसार कलेज उद्घाटनसंगै छिटैनै अध्यायपन शुरु गरिने बताए । गत चैत्र ३० गते पूर्वाञ्चल विश्व विद्यालयसंग सम्बन्धनका लागि पहल शुरु गरिसकेको भन्दै छिटै नै महिला कलेजमा ब्यवस्थापन संकायमा बीबीएस र बीबीए, शिक्षा संकायमा बीएड, कानून संकायमा ५ वर्षे बीए एलएलबी र विज्ञान संकायमा बीसीए र बीआइटी अध्यापन गराइने उनले बताए ।
महिला कलेज सञ्चालनले सिंगो बाँकेका महिलाका लागि उच्च शिक्षा अध्ययनका लागि उपयुक्त हुने कलेजका प्रमुख कर्णको भनाईछ । यसअघि महिला कलेज नभएकै कारण नेपालगन्ज लगायत आसपासका विशेष गरि मधेशी र मुस्लिम समुदायका महिलाहरु छिमेकी देश भारतको रुपैडिहामा रहेको कन्या कलेजमा अध्ययन गर्न जाने गरेका थिए । सो परिपाटि यो कलेजले ताड्ने उनको विश्वास रहेकोछ ।
महिला कलेजको उद्घाटन गर्न आएका कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर यादवराज कोइरालाले सम्बन्धन दिन आफू सकारात्मक भएको टिप्पणी गरेका थिए ।
उनले केही दिनमा विश्वविद्यालयबाट सर्वेक्षण टोली कलेजमा आएर स्थलगत निरीक्षण गर्ने र सोको प्रतिवेदन अनुरुप सम्बन्धन दिने उनले बताए । यद्यपी कलेज उद्घाटनको प्रमुख अतिथी स्वयम प्राचार्य डाक्टर कोइराला भएकाले सम्बन्धन प्राप्त हुनेमा शंका नरहेको बताइएकोछ ।
कलेज उद्घाटनमा त्रुटी पाइयो
मंगल प्रसाद महिला कलेजको उद्घाटन हतार गरेको पाइएकोछ । महिला कलेजको औपचारिक उद्घाटन भएपनि कलेजले हालसम्म सम्बन्धन पाइसकेको छैन ।

कलेज उद्घाटनका क्रममा राखिएको शिलालेखमा त्रुटी पाइएकोछ । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपतिले उद्घाटन गरेको कलेजको शिलालेखमा उपकुलपति लेखिनुपर्नेमा कुलपति लेखिएको थियो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाका पदाधिकारीको नयाँ नामवली राखिएन । पुरानै कर्मचारीको नाम राखिएकोछ । हाल नेपालगन्जको प्रशासकीय अधिकृत जगत बस्नेत रहेका छन्, तर शिलालेखमा हिरालाल रेग्मीको नाम राखिएको रेग्मी पछि नेपालगन्जमा गुरुप्रसाद सुवेदी हुँदै अहिले जगत बस्नेत छन् । तर, उपमहानगरपालिकाको प्रशासकीय अधिकृतको नाममा बस्नेतको नाम नभएर रेग्मीको नाम राखिएको थियो । उद्घाटन कार्यक्रममा अहिलेका प्रशासकीय अधिकृत बस्नेत अतिथि थिए ।
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’