नेपालगन्ज ७ बैशाख : लोकतन्त्रवादी कानून ब्यवसायीको संगठन डेमेक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाँकेमा सर्वसम्मत नेतृत्व चयनका लागि गरिएको प्रयास असफल भएकोछ ।
डिएलए बाँकेको आगामी नेतृत्वका लागि सर्वसम्मत नेतृत्व चयनका लागि बुधबार मध्यान्हसम्म गरिएको प्रयास असफल बनेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि गरिएको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गर्न वरिष्ठ अधिवक्ता भोलासिंह हमालको संयोजकत्वमा एक समिति बनाइएको छ । उक्त समितिको सदस्यमा अधिवक्ता प्रह्लाद कार्की, प्रमोदबहादुर श्रेष्ठ, गोपीचन्द्र वर्णवाल र लोकबहादुर शाह सदस्य छन् । तर, उक्त समितिले सहमती जुटाउन सकेन ।
गत चैत २६ गते डिएलए बाँकेले चुनावी आफ्नो अधिवेशन सम्पन्न गरेको थियो । विगत तीन वर्षदेखी डिएलए बाँकेको नेतृत्व गर्दै आएका अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली सोही दिनदेखी निर्वतमान बन्न पुगे ।
नेतृत्व चयनको आन्तरिक प्रतिस्पर्धालाई जवरजस्ती अवरोध गर्ने काम भएपछि लामो समयदेखि डिएलए बाँके नेतृत्व विहिनछ ।
आगामी नयाँ कार्यकालका लागि डिएलए बाँकेको अध्यक्षमा सुनीलकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष ईश्वरीप्रसाद ज्ञवाली, शिव श्रेष्ठ, बलबहादुर चन्द, उदयराज बर्मा र जनकबहादुर शाहीले आकांक्षा राखेका छन् ।
श्रेष्ठ नेपाल बार एसोशियसनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा तत्कालिन पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । यस्तै डिएलए बाँकेका निर्वतमान अध्यक्ष रहेका ज्ञवाली पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् ।
यसैगरी शिवकुमार उच्च अदालत बार नेपालगन्जका वर्तमान अध्यक्ष तथा चन्द उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । त्यस्तै बर्मा जिल्ला बार बाँकेका पुर्वअध्यक्ष र शाही जिल्ला बार बाँकेका वर्तमान अध्यक्ष हुन् ।
स्रोतका अनुसार डिएलए बाँकेको उपाध्यक्षमा कर्णबहादुर केसी आकांक्षी देखिएका छन् ।
यस्तै सचिवमा प्रभाकर भट्टराईसहित पूनम श्रेष्ठ, गोपाल गिरी, राकेशकुमार सोनी र युगबहादुर गुरुङले आकांक्षा राखेका छन् ।
यसैगरी कोषाध्यक्षमा मोहम्मद अयुव सिद्धिकी, सतिशचन्द्र थारु, मोहम्मद रिजवान अहमद मिर्जा र यशोदा कुमारी उपाध्याय तथा सदस्यमा विश्वजीत तिवारी, केवल सिंह थारु, राघव कार्की, श्रीकृष्ण थारु, देबीमाया खत्री, मिरा ददेल लगायतको दाबी रहेको छ ।
तर, सहजीकरण समितिले डिएलएको नयाँ कार्यसमितिका लागि अध्यक्षमा जनकबहादुर शाही, उपाध्यक्षमा निर्दिप कुमार श्रेष्ठ, सचिवमा राकेश सोनी र कोषाध्यक्षमा रिजवान अहमद मिर्जालाई सिफारिस गरेकोछ ।
यस्तै सदस्यहरुमा विश्वजीत तिवारी, चित्रबहादुर शाही, हरिषचन्द्र सिजापति, केवलसिंह थारु, शतिष अधिकारी, पुनम श्रेष्ठ, प्रभाकर भट्टराई, यशोदा उपाध्याय र जयप्रसाद पौडेललाई सिफारिस गरेकोछ ।
‘डिएलए बाँकेका अधिकांस सदस्य नेतृत्व परिर्वतनको पक्षमा उभिएका छन् । उनीहरुले कुनैपनि हालतमा नेतृत्व परिवर्तन हुनुपर्ने, एउटै ब्यक्ति बारम्बार दोहोरिन नहुने अडान राख्दै आएका छन् । भने अध्यक्ष पदका अधिकांस आकांक्षीहरु सुनिल कुमार श्रेष्ठलाई अध्यक्षमा छाड्न तयार देखिएका छन् । तर, निर्वतमान अध्यक्ष ज्ञवालीलाई दोहोरिने अडानमा छन् । उहाँकै विषयमा सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचनमा जानुप¥यो ।’ स्रोतले सेतोखरीलाई बतायो ।
योसंगै डिएलए बाँकेले नयाँ नेतृत्व छान्न निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीले बुधबार निर्वाचन कार्यक्रम प्रकाशित गरेका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार बुधबार दिउँसो ३ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । यस्तै बुधबर अपरान्ह ४ बजे दावी विरोधपछि संसोधित मतदाता नामावली प्रकाशन भएको छ ।
यसैगरी बैशाख ८ गते बिहीबार बिहान १० बजेदेखी १२ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो १२ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो १२ः३० बजेदेखी १ः३० बजेसम्म उम्मेदवारीमाथी संसोधन दावी विरोध गरिनेछ ।
त्यस्तै सोही दिन दिउँसो १ः३० बजे दावी, विरोधपछिको उम्मेदवारको संसोधित नामावली प्रकाशन, दिउँसो १ः३० बजेदेखी ४ः३० बजेसम्म उम्मेदवारी फिर्ता, दिउँसो ४ः३० बजेदेखी साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, बैशाख १० गते बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म मतदान/मतदान पश्चात मतगणना र मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत रेग्मीले उल्लेख गरेका छन् । निर्वाचन सम्बन्धी सम्पूर्ण कामहरु बाँके जिल्ला बार भवनमा सम्पन्न हुने उनले बताए ।
थप समाचार
ज्ञवाली दोहोरिने अडानमा, अधिकांस कानून ब्यवसायी नेतृत्व परिर्वतनको पक्षमा
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’