नेपालगन्ज ८ बैशाखः आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको केन्द्रिय निर्णयप्रति जनता समाजबादी पार्टी(जसपा) बाँके र नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिले आपत्ति जनाएका छन् ।
केन्द्रिय निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकाको मेयर नेपाली काँग्रेस र उपमेयर जसपाको भागमा परेकोछ । योसंगै जसपा र माओबादी केन्द्रले असन्तुष्टि जनाएका हुन् ।
जसपाले कुनै पनि हालतमा मेयर नछोड्ने बरु एक्लै लड्ने चेतावनी समेत दिएकोछ । जसपाका जिल्ला सचिव राजेन्द्र विकले नेपालगन्ज उपमहानगरपालिकामा जसपा धेरै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा गठबन्धनको निर्णय नमान्ने बताए । उनले अर्कै चुनाव चिन्ह लिएर भएपनि चुनाव लड्ने चेतावनी दिए ।
जसपाले नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडवा र नरैनापुर गाउँपालिकामा एक्लै चुनाव लड्ने बताउँदै सुरुदेखि नै गठबन्धनको बैठकबाट बाहिरिएको थियो ।
यता जसपा नेपालगन्ज उपमहानगर अध्यक्ष सर्बनकुमार यादवले पाँच दलिय गठबन्धनको निर्णयलाई जसपा नेपालगन्ज उपमहानगरपालिका समिति स्वीकार नगर्ने बताएका छन् । निर्णय नसच्याए पार्टीकै दुर्भाग्य हुने उनको चेतावनी छ ।
यस्तै जसपाका केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका बाँके क्षेत्र नम्बर–२ का सांसद मोहम्मद ईस्तियाक राईले केन्द्रको निर्णय नेपालगन्जमा लागु नहुने बताएका छन् । पाँच दलिय गठबन्धनको निर्णय आधिकारिक रुपमा प्राप्त नभएकोले यसबारेमा धेरै बोल्न नमिल्ने उनको भनाई छ ।
यसैबगरि पाँच दलीय गठबन्धनले गरेको निर्णयप्रति नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले बुधबार असहमती जनाइसकेकोछ ।
केन्द्रिय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ । अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ । माओबादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाही र सचिव प्रेमबहादुर शाहले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकले भागबण्डामा टुंगो लगाएको थियो । पाँच दलिय सहमती अनुसार काँग्रेसको भागमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख र जनता समाजवादी पार्टी(जसपा)लाई उपप्रमुखको भागबण्डा परेको छ ।
थप समाचार
सत्ता गठबन्धनमा सहमति : नेपालगन्ज, तुलसीपुर र धनगढीको मेयर काँग्रेसको पोल्टामा
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’