File Photo
नेपालगन्ज ९ बैशाख : केहीदिनदेखि भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि बाँकेको सीमानाका जमुनाह क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
बढ्दो कोरोना संक्रमणका बीच आसन्न स्थानीय तह निर्वाचनका लागि भन्दै भारतबाट नेपाल फर्किनेहरुको संख्या समेत बढेकोछ । कोरोना संक्रमण बढिरहेको भारतका विभिन्न स्थानबाट नेपाल आउनेहरुको सीमानाकामा उच्च सर्तकता अपनाउँदै स्वास्थ्य जाँचलाई कडाई गरिन थालेको हो ।
जमनाह नाकामा राखिएको हेल्थ डेस्कमा दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिरहेको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरञ्जिवि ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पोजेटिभ देखिएका थियो ।
सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने ।
खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको उनले बताए ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन गरिएको बताए ।
यसअघि कोभिडको पहिलो र दोस्रो लहरमा संक्रमण बढ्दा जिल्लामा थुप्रैको मृत्यु भएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार हाल कोभिड संक्रमणको विरामी अस्पतालमा भर्ना शून्य भएपनि स्वास्थ्य सर्तकतामा उच्च प्राथमिकता दिएको बताए ।
उनका अनुसार बाँकेका एक जना मात्र कोभिडको सकृय विरामी रहेको छ । ती संक्रमित होम आइसोलेसनमा छन् र उनको स्वास्थ्य अवस्था सामान्य छ । कोभिडको अवस्थालाई मध्यनजर गर्दै यसअघिको निर्देशन बमोजिमका गतिविधि नियमितरुपमा भइरहेको उनले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’