नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कार्यरत डाक्टर पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँ जसो आउने विरामी चेकजाँच गर्न भ्याई–नभ्याई हुन्छ । बाहिरी दुनियाँभन्दा पनि विरामीको उपचारमा सधै तल्लिन हुन्छन् उनी ।
डा.श्रेष्ठलाई न सामाजिक सञ्जाल हेर्ने फुर्सद हुन्छ, न त युटुव । बुधबार विहानै डा. पारसले आफ्नो मोबाइल चलाउदै हेर्दा फेसबुकमा बाँके कोहलपुर नगरपालिका–१, कौशिल्यानगरमा दिदी भिनाजुसँगै बस्दै आएका मृगौला पीडित हेमन्तसिहं ठकुरीको बारेमा हामी सबैको नेपाल नामक युटुव च्यानलको लिकं सेयर भएको भेटाएका थिए ।
मृगौला विषेसज्ञ डा. श्रेष्ठले उक्त लिकं खोलेर सबै हेरेर सबै जानकारी लिएपछि पारस हेमन्तको घरमै पुगेका थिए । डा. पारसले मृगौला पीडित हेमन्तसगँ करिब एक घण्टा जति समय विताए । चेकजाँच समेत गरेका थिए । डा.श्रेष्ठले अबका दिनमा विरामीलाई आफ्नो निगरानीमा उपचार गर्ने बताएका छन् ।
डा. श्रेष्ठसगै सुर्खेतरोडमा रहेको एसोदा फार्मेसी र एसोदा इन्दे्रणी डाइग्नोस्टीकका सञ्चालक रोशन केसी, स्वास्थ प्राविधिक किरण चौधरी हेमन्तको स्वास्थ्य अवस्थालाई सुधार गर्न सकिने सहयोग गर्न पुगेका थिए ।
डाक्टर श्रेष्ठले स्वास्थ्य प्राविधिकको मद्दतले एसोदा इन्दे्रणी डाइग्नोस्टीकको ल्यावमा परिक्षण गर्न रगतको सेम्पल पनि लगेका छन् । हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरेमा एक महिनामै हिडडुल गर्न सक्ने डा.पारसले बताउँछन् ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा