सबैभन्दा बढि नेपालगन्ज र सबैभन्दा कम नरैनापुरमा उम्मेदवारी
File Photo
नेपालगन्ज १३ वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेमा २ हजार ३ सय २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकाछन् । बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि वैशाख ११ र १२ गते भएको उम्मेदवारी मनोनयन दर्तामा २ हजार ३ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकामा उम्मेदवारी दर्ता गरिएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्यमा कुल ७ सय ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा एक सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै बाँकेका ८ पालिकाको प्रमुख र अध्यक्षमा कुल ७३ जनाको उम्मेदवारी परेकोछ । प्रमुख र अध्यक्षमा सबैभन्दा कम नरैनापुरमा ४ जना र सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा १८ जनाको उम्मेदवारी परेकोछ । यो गत निर्वाचन भन्दा ७ जनाको उम्मेदवारी कम हो ।
त्यसैगरी ८ वटा पालिकाको उपप्रमुख र उपाध्यक्षमा कुल ५६ जनाको उम्मेदवारी परेकोछ । यो गत निर्वाचन भन्दा १० जनानाको उम्मेदवारी कम हो । भने सबैभन्दा बढि नेपालगन्ज र कोहलपुरमा १०/१० जना तथा सबैभन्दा कम नरैनापुर र बैजनाथमा ५/५ जनाको उम्मेदवारी परेकोछ ।
बाँकेका ८१ वटा वडाअध्यक्षका लागि ५१२, सदस्यमा ८७२, महिला सदस्यमा ४२४ र दलित महिला सदस्यमा ३९२ जनाको उम्मेदवारी परेकोछ । गत निर्वाचन भन्दा यसपटक वडाअध्यक्षमा ३८ जना बढिले उम्मेदवारी दर्ता गराएकाछन् ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा बाँकेको ८ वटा पालिकाको प्रमुख/अध्यक्षमा ८ महिला र ७२ पुरुष गरि ८० जनाको उम्मेदवारी रहेको थियो ।
त्यसैगरि ८ वटा पालिकाको उपप्रमुख/ उपाध्यक्षका लागि ७ पुरुष र ५५ महिला गरि ६२ जनाको उम्मेदवारी रहेको थियो । भने ८ पालिकाका ८१ वटा वडाका लागि ४७४ जना पुरुष र ३५ जना महिला गरि कुल ५०९ जनाले उम्मेदवारी दिएका थिए ।
नेपालगन्जमा १८ जनाको मेयरमा मनोनयन
नेपालगन्ज उप–महानगरपालिकामा मेयर पदमा १८ जना र उप–मेयर पदमा १० जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै नगरका २३ वटै वडामा एक सय ६६ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा भने तीन सय २ जना महिला सदस्यामा एक सय ४९ जना र दलित महिला सदस्यमा एक सय ३४ जनाको उममेदवारी दर्ता भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–१ मा ६ जना, वडा नम्बर–२ मा ७ जना, वडा नम्बर–३ मा ८ जना, वडा नम्बर–४ मा ६ जना, वडा नम्बर–५ मा ११ जना, वडा नम्बर–६ मा ८ जना, वडा नम्बर–७ मा ७ जना, वडा नम्बर– ८ मा ६ जना, वडा नम्बर– ९ मा ९ जनाको वडाअध्यक्षमा उम्मेदवारी परेको छ ।
त्यस्तै वडा नम्बर– १० मा ५ जना, वडा नम्बर–११ मा ९ जना, वडा नम्बर–१२ मा ५ जना, वडा नम्बर– १३ मा ५ जना, वडा नम्बर–१४ मा ९ जना, वडा नम्बर– १५ मा ६ जना, वडा नम्बर– १६ मा ९ जना, वडा नम्बर–१७ मा ६ जना, वडा नम्बर–१८ मा ८ जना, वडा नम्बर–१९ मा ७ जना, वडा नम्बर–२० मा ८ जना, वडा नम्बर–२१, २२ र २३ मा क्रमश ७÷७ जनाको वडा अध्यक्षमा मनोनयन दर्ता भएको छ ।
कोहलपुरमा मेयरमा १५ जनाको उम्मेदवारी
कोहलपुर नगरपालिकाको मेयरमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । साथै उप–मेयरमा १० जनाको मनोनयन दर्ता भएको छ ।
कोहलपुरमा रहेको १५ वटा वडामा ९१ जनाको उम्मेदवारी दर्ता भएको छ । भने एक सय ४८ जना सदस्य, ७६ महिला सदस्य र ६९ जना दलित महिला सदस्यको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
खजुरा गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी दर्ता
खजुरा गाउँपालिकाको अध्यक्ष पदमा ८ जना र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै आठवटा वडाको अध्यक्षमा भने ४१ जनाको नाम दर्ता भएको छ । वडा सदस्यमा ७५ जना, महिला सदस्यमा ३५ जना र दलित महिला सदस्यमा ३४ जनाको नाम दर्ता भएको छ ।
जानकीको अध्यक्षमा ७ जनाको उम्मेदवारी दर्ता
जानकी गाउँपालिकाको अध्यक्ष पदमा ७ जना, उपाध्यक्षमा ८ जना, वडा अध्यक्षमा ४५ जना, सदस्यमा ६८ जना, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यमा ३१ जना गरि कुल एक सय ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
डुडुवाको अध्यक्षमा ७ जना उम्मेदवारी दर्ता
डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । भने उपाध्यक्षमा भने ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
पालिकामा रहेको ६ वटा वडामा भने ४३ जनाले वडा अध्यक्षमा मनोनयन गराएका छन् । साथै वडा सदस्यमा भने ४३ जना, सदस्यमा ६२ जना, महिला सदस्यमा २९ जना र दलित महिला सदस्यमा ३० जनाको नाम दर्ता भएको छ ।
नरैनापुरको अध्यक्षमा ४ जना उम्मेदवारी दर्ता
नरैनापुर गाउँपालिकाको अध्यक्षमा चारजनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा ५ जनाको मनोनयन भएको छ ।
त्यस्तै पालिकाका ६ वटा वडामा ४१ जनाले अध्यक्ष पदमा नाम दर्ता गराएका छन् । सदस्यमा भने ६९ जना, महिला सदस्यमा ३६ र दलित महिला सदस्यमा ३१ जनाको नाम दर्ता भएको छ ।
बैजनाथ गाउँपालिकाको अध्यक्षमा ९ जनाको उम्मेदवारी दर्ता
बैजनाथ गाउँपालिकामा १ सय ९१ जनाले उम्मेदवारी दर्ता गराए । जसमा अध्यक्ष पदमा ९ जना, उपाध्यक्ष पदमा ५ जना, वडा अध्यक्षमा ४६, सदस्यमा ६९, महिला सदस्यमा ३२ र दलित महिला सदस्यमा ३० जनामा उम्मेदवारी दर्ता भएको छ ।
राप्तीसोनारीको अध्यक्षमा ५ जना उम्मेदवारी दर्ता
राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा ५ जनाको मनोनयन भएको निर्वाचन कार्यालयले जनाएको छ । साथै उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ३९ जनाको नाम दर्ता भएको छ । सदस्यमा भने ७९ जना, महिला सदस्यमा ३७ जना र दलित महिला सदस्यमा ३३ जनाको उम्मेदवारी रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार यही वैशाख १४ र १५ गते (भोली र पर्सी) मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामवली प्रकाशन तथा वैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन् । यी पालिकामा कुल १३६ वटा मतदान केन्द्र रहेकोछ । भने जिल्लाको करिब ६९ किमि खुला सीमा रहेकोछ ।
थप समाचार
२०७४ को निर्वाचन फर्केर हेर्दा : बाँकेमा पालिका प्रमुख र वडाअध्यक्षमा महिला विजयी शून्य