४३९ पदमा २३८० को उम्मेदवारी, २६३ पुरुष जित्दा १७६ महिला
नेपालगन्ज ६ बैशाख : स्थानीय तहको निर्वाचन हुन अब जम्मा २४ दिन बाँकी छ । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित बनेको छ ।
राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ । भने आयोगले पनि निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण पूरा गरेको छ ।
नेपालमा संघीयता लागू भएपछि स्थानीय तहको दोस्रो पटक निर्वाचन हुँदैछ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले कस्तो परिणाम दिनेछ भन्ने कुरामा आम जनताको रुची र चासो उत्तिकै छ ।
त्यसो त यसपटकको निर्वाचनमा आइपुग्दा नेपाली मतदातामा उम्मेदवार चुन्ने विषयमा फरक मत आइसकेकोछ । विशेष गरि आम जनता र दलगत नेताबाट महिला उम्मेदवार बढाउने विषयमा बढि चर्चा चलिरहेकोछ ।
यसअघि भएको स्थानीय तह निर्वाचनलाई समिक्षा गर्दा बाँकेको ८ पालिका र ८१ वडाका लागि महिला उम्मेदवारको कस्तो अवस्था थियो र अब त्यो अवस्था परिर्वतन होला की नहोला भन्ने विषय पनि चर्चामा रहेकोछ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले उपलब्ध गराएको गत २०७४ को स्थानीय तह निर्वाचनको तथ्यांकलाई हेर्दा बाँकेमा महिला उम्मेदवार र निर्वाचित महिला उम्मेदवारले औपचारिकता मात्र प्राप्त गरेको देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेको तथ्यांक अनुसार बाँकेका ८ वटा पालिकाको प्रमुखमा आठैजना पुरुष निर्वाचित भएका थिए । भने उपप्रमुख/उपाध्यक्षमा ८ जना महिला निर्वाचित भएका थिए ।
बाँकेको ८ वटा पालिकाको प्रमुख÷अध्यक्षमा ८ महिला र ७२ पुरुष गरि ८० जनाको उम्मेदवारी रहेको थियो । त्यसैगरि ८ वटा पालिकाको उपप्रमुख/ उपाध्यक्षका लागि ७ पुरुष र ५५ महिला गरि ६२ जनाको उम्मेदवारी रहेको थियो । यी सबै पालिकाको उपप्रमुख र उपाध्यक्ष बाहेक अन्यमा महिला उम्मेदवारले जित्न सकेनन् ।
यस्तै बाँकेको ८ पालिकाका ८१ वटा वडाका लागि ४७४ जना पुरुष र ३५ जना महिला गरि कुल ५०९ जनाले उम्मेदवारी दिएका थिए । जसमा ८१ जना पुरुष वडाअध्यक्ष निर्वाचित बने । ८१ वडामा कुनैपनि महिला उम्मेदवार विजयी हुन सकेनन् । सोबेला संघीय मान्यता प्राप्त दल बाहेक अन्य साना दल र स्वतन्त्र उम्मेदवारबाट वडाअध्यक्षमा महिला उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।
यस्तै ८ पालिकाका १६२ अन्य वडा सदस्यका लागि ८३० पुरुष र ३७ महिला गरि ८६७ जनाले उम्मेदवारी दिएका थिए । जसमा १५९ पुरुष र ३ जना महिला गरि कुल १६२ जना निर्वाचित भएका थिए ।
यसैगरि दलित वा अल्पसंख्यक सदस्यमा १८ जनाका लागि २६ पुरुष र ४ महिला गरि ३० जनाले उम्मेदवारी दिएका थिए । जसमा ४ पुरुष र २ महिला निर्विरोध भएका थिए । भने ११ पुरुष र १ महिला निर्वाचित भएका थिए । कुल १५ पुरुष र ३ महिला निर्वाचित बने ।
८१ वटा महिला वडा सदस्य र ८१ वटा दलित महिला वडासदस्यका लागि क्रमश ४३२ र ४०० जनाको उम्मेदवारी रहेको थियो । जसमा क्रमश ८१/८१ जना महिला वडा सदस्य र दलित महिला वडासदस्य निर्वाचित बने ।
कुन राजनीतिक दलले कुन पदमा निर्विरोध र निर्वाचित भए ?
नेपाली काँग्रेसले बाँकेको ८ पालिका मध्ये प्रमुखमा २ जना पुरुष, उपप्रमुख ४ जना महिला र ३० वडा अध्यक्ष पुरुष, २६ महिला वडा सदस्य, २७ दलित महिला वडासदस्य, अन्य वडा सदस्यमा १ जना महिला र ५७ जना पुरुष तथा दलित वा अल्पसंख्यक सदस्यमा ३ महिला र २ पुरुष गरि कुल ६१ महिला र ९१ पुरुष विजयी भएका थिए ।
नेकपा एमालेले ८ पालिका मध्ये प्रमुखमा ४ पालिका, ३ उपप्रमुख, २९ वडा अध्यक्ष पुरुष, महिला वडा सदस्य २९, दलित महिला वडा सदस्य २९, अन्य वडा सदस्य १ महिला र ५७ पुरुष, दलित वा अल्पसंख्यक सदस्य ९ पुरुष गरि कुल ६२ महिला र ९६ पुरुष जितेको थियो ।
माओबादी केन्द्रले कुनैपनि पालिकामा प्रमुख/उपप्रमुखमा जित हाँसिल गर्न सकेन । १० वटा वडाअध्यक्ष पुरुष जितेको माओबादीले महिला वडा सदस्य ८, दलित महिला वडा सदस्य ९, अन्य वडा सदस्य १८, दलित वा अल्पसंख्यक सदस्य १ गरि जम्मा १७ महिला र २९ पुरुष जितेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका प्रमुख, ३ वटा वडा अध्यक्ष पुरुष, महिला वडा सदस्य ६, दलित महिला वडा सदस्य ५, अन्य वडा सदस्य १ महिला र १० पुरुष, दलित वा अल्पसंख्यक सस्य गरि १२ महिला र १४ पुरुष जितेको थियो ।
संघीय समाजवादी फोरम, नेपालले एक पालिका प्रमुख, एक उपप्रमुख, ८ वडा अध्यक्ष(पुरुष), महिला वडा सदस्य ११, दलित महिला वडा सदस्य १०, अन्य वडा सदस्य १८, दलित वा अल्पसंख्यक सदस्य ३ गरि २२ महिला र ३० पुरुष जितेको थियो ।
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) ले एक वडा अध्यक्ष(पुरुष), एक महिला वडा सदस्य, दलित महिला वडा सदस्य १, अन्य वडा सदस्य २ गरि जम्मा २ महिला र ३ पुरुष जितेका थिए ।
यसरी २०७४ को स्थानीय तह निर्वाचनलाई हेर्दा बाँकेमा कुल पद संख्या ४३९ मा पुरुष उम्मेदवार २६३ र महिला उम्मेदवार १७६ जना विजयी भए ।
यो तथ्यांकलाई आधार मान्दा बाँकेको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भएको संख्या ६० प्रतिशत हुन आउँछ भने महिला उम्मेदवार निर्वाचित भएको संख्या ४० प्रतिशत हुन आउँछ ।
थप समाचार
उपप्रमुखहरुको दावी अब प्रमुखमा
बाँकेका स्थानीय तहमा कुन दलको कस्तो अवस्था ?
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’