गर्मीमा तातो हावा तथा लुबाट यसरी जोगिनुहोस्


गर्मीमा तातो हावा तथा लुबाट यसरी जोगिनुहोस्

नेपालगन्ज १४ वैशाख : गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ । गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ ।

तातो हावा तथा लूका कारण विश्वमा बर्सेनि हजारौं मानिसको मृत्यु हुने गरेको पाइन्छ । गर्मी मौसममा तापमान बढ्दै जाँदा लू या हिटस्ट्रोकको खतरा पनि बढ्दै जान्छ ।

यस्तो अवस्थामा शरीरमा पानीको कमि हुने, तापमान बढ्ने, टाउको भारी हुने, आँखा पोल्ने, ज्वरो आउने, बेहोस हुने जस्ता समस्या देखिनसक्छन् ।

तातो हावा तथा लु बाट बच्न के गर्ने

Kids Festival 2022
kanti aarogya hospital
add

– दिउँसो घरबाट बाहिर ननिस्कने
– बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
– फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
– मदिरा सेवन नगर्ने
– चिसो पानीले नुहाउने
– खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
– क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
– चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
– कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं

यसका असरहरु

– हृदयको गति तीव्र हुने
– श्वासप्रश्वास र रक्तचाप कम हुने
– शरीरबाट पसिना ननिस्कने
– टाउको अत्यधिक दुख्ने
– चक्कर लाग्ने, अचेत हुने
– शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने
– छाला सुक्खा, रातो र तातो हुने