‘नेपालगन्जको समृद्धिका लागि ‘प्रशान्त–कमरुद्दिन’को जोडी जित्नुपर्छ’

इस्तियाकले निर्देशन दिदैं भने –‘प्रशान्त–कमरुद्धिनको जित नै गठबन्धनको जित हो ।’


‘नेपालगन्जको समृद्धिका लागि ‘प्रशान्त–कमरुद्दिन’को जोडी जित्नुपर्छ’

नेपालगन्ज १५ वैशाख : स्थानीय चुनावका लागि नेपालगन्ज उप–महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उमेदवार प्रशान्त विष्टले नेपालगन्जको विकासका लागि गठबन्धन विजयी हुन जरुरी रहेको बताएका छन् ।

उनले आफू र उपमेयरका उम्मेदवार कमरुद्दिन राईलाई अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्दै नेपालगन्जको समृद्धिका लाग ‘प्रशान्त–कमरुद्दिन’ को जोडीले जित्न जरुरी रहेको बताए ।

जनता समाजबादी पार्टी नेपाल बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको चुनावी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले प्रशान्त र कमरुद्दिन सामाजिक सद्भाव खल्बल्याउने काममा कहिँकतै सामेल नभएको बताउँदै सामाजिक सद्भाव बढाएर नेपालगन्ज बदल्ने अभियानमा लाग्ने स्पष्ट पारे ।

जसपाका नेता एवम् पूर्व मन्त्री मोमहम्मद इस्तियाक राई गठबन्धनबाट पुनः मन्त्री हुने ठोकुवा गर्दै यसअघि सांसद समेत रहेका राईले नेपालगन्जको विकासका लागि दिएको संसद विकास कोषको पैसा अहिलेका मेयर डाक्टर धवल शमशेर राणाले फिर्ता गर्नु दुर्भाग्य रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

सांसद राईले नेपाली काँग्रेस र जसपाले नेपालगन्जमा गरेको चुनावी तालमेल सफल बनाउन दृढताका साथ लाग्न निर्देशन दिए । मेयर उपमेयरमा हार्ने छुट आफूहरुलाई नभएको भन्दै प्रतिबद्ध भएर लाग्न आह्वान गरे ।

कार्यक्रममा उपमेयरका उम्मेदवार राईले मेयर र उपमेयरमा आफूहरुलाई जिताएर नेपालगन्ज बनाउने अभियानमा साथ दिन आग्रह गरे । सांसद राईले नेपाली काँग्रेस र जसपाले नेपालगन्जमा गरेको चुनावी तालमेल सफल बनाउन दृढताका साथ लाग्न निर्देशन दिए ।

थप समाचार

गठबन्धनका साझा उम्मेदवार विष्ट र राई प्रचार–प्रसारमा जुटे